साप्ताहिक राशिफलः फागुन ११ देखि १७ गतेसम्म



मेष
तपाईंका लागि साताका शुरूका दिन लाभदायक छन् भने अन्त्यका दिनहरू फलदायक देखिँदैनन्। सोमबारसम्म पैसा प्राप्ति, जागिर, पढाइ, व्यापारमा सफलता, मान–सम्मान वृद्धि, इज्जत–प्रतिष्ठामा वृद्धि हुनेछ। त्यसपछिका दिनहरूमा भने खानपानबाट अस्वस्थता, विनाउपलब्धिको दौडधुप हुनेछ। अपच, वायु–गानोगोला जस्ता पेटको समस्या नहोला भन्न सकिन्न। आलस्यता बढ्नाले जाँगर हराउला।

वृष
तपाईंका लागि साताका मध्यदिनहरू उत्तम फलदायक देखिन्छन्। कतैबाट आर्थिक लाभ होला। परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा विजय हुने देखिन्छ। कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ। तर आज शनिबार र बिहीबारदेखि भने दिनहरू सन्तोषजनक देखिँदैनन्। तनाव हुने, धन हानि हुने,, कार्य अधुरो हुने देखिन्छ। निरर्थक दौडधुप नहोला भन्न सकिन्न। खर्च वृद्धि होला।

मिथुन
शुरूमा रोगव्याधिको भय, कष्ट, थालेको काममा बाधा, आकस्मिक खर्च भए पनि तपाईंका लागि यो साताको धेरैजसो दिन फलदायक नै छन्। मंगलबारबाट सबै समस्या समाधान हुनेछन्। राज्यका तर्फबाट लाभ, इज्जत–प्रतिष्ठामा वृद्धि, पढाइ वा परीक्षा प्रतियोगितामा सफलता हासिल हुनेछ। राजनीतिकर्मीहरूका लागि झनै सफलता हुने देखिन्छ। कतैबाट राम्रै आर्थिक लाभ होला।

कर्कट
यो साता आंशिक फलदायक देखिन्छ। साताको शुरू र अन्त्यका दिनहरूमा अलि प्रयास गरेमा आर्थिक लाभ होला। कुनै पनि कुरामा विजय हुने सम्भावना छ। कार्यसिद्धि, मानमर्यादामा वृद्धि होला। तर आइतबारदेखि बुधबारसम्म तनाव, धन हानि, कार्य असफल हुने देखिन्छ। निरर्थक दौडधुप होला। शोकसन्ताप, साथीभाइसँग विवाद हुन सक्छ। सतर्कता अपनाउनुपर्ने देखिन्छ।

सिंह
आज शनिबार समय अनुकूल नभए पनि बुधबारसम्मका दिनहरू उपलब्धिमूलक छन्। थालेका कामहरू पूरा होलान्। आफन्तबाट राम्रै सहयोग पाउने सम्भावना छ। खाद्यान्न प्राप्ति होला। आफ्नो क्षमताले राम्रै काम बन्नेछ। सामान्य परिश्रमबाट पनि केही आम्दानी होला। तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना देखिन्छ।

कन्या
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। शनिबार, मंगलबार र बुधबार धनलाभ, सुखशान्ति, कार्य सफल होला। कोसेली, पुरस्कार प्राप्ति, साथीभाइबाट सहयोग प्राप्त हुने देखिन्छ। खाद्यान्न प्राप्तिको समेत सम्भावना छ। तर बाँकी दिनहरू त्यति उपलब्धिमूलक देखिँदैनन्। चोटपटक, स्वास्थ्य समस्या, आँखामा समस्या आउन सक्छ। साथै आम्दानी कम हुँदा खर्च धान्न धौ–धौ पर्ला।

तुला
तपाईंका लागि यो साता मिश्रित फलदायक छ। साताको शुरू शनिबार रोगव्याधिको भय, धननाश हुने देखिन्छ। साताको मध्यभाग मंगलबार र बुधबार आर्थिक भार बहन गर्न गाह्रो पर्ला। तनाव, सन्ताप, मानसिक अस्थिरता नहोला भन्न सकिन्न। तर बाँकी दिनहरूमा भने आफ्नो बोली बिक्ने हुँदा कार्य सफल हुने देखिन्छ। साथै केही आर्थिक लाभ, उपहारादि वस्तु प्राप्ति होला।

वृश्चिक
तपाईंका लागि यो साता ठिक्कै फल दिनेवाला छ। साताको शुरू शनिबार अनि साताको मध्य मंगलबार र बुधबार सुखशान्ति होला। कोसेली, पुरस्कार प्राप्ति, कार्य सफल हुने देखिन्छ। मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ। तर बाँकी दिनहरू उपलब्धिमूलक देखिँदैनन्। धनहानि, मानसिक तनाव, चोटपटक, स्वास्थ्य समस्या हुनसक्छ। आम्दानीको तुलनामा खर्च धेरै होला। काममा बाधा होला।

धनु
तपाईंका लागि यो साताका धेरैजसो दिनहरू उत्तम फलदायक छन्। साताको शुरू र अन्त्यका दिनहरूमा धन प्राप्ति, खाद्यपदार्थ प्राप्ति, पुरस्कार÷उपहार प्राप्ति, मिष्ठान्न भोजन प्राप्तिको सम्भावना छ। व्यापारमा सफलता हासिल होला। जोश–जाँगर बढ्नेछ। तर मंगलबार र बुधबार भने स्वास्थ्यमा समस्या देखिएला। साथीभाइ, इष्टमित्रसँग विवाद पर्न सक्छ, होसियार रहनुपर्ला। अधिक खर्च होला।

मकर
आज समय अनुकूल नभए पनि भोलिदेखि बुधबारसम्मका दिनहरू उपलब्धिमूलक छन्। थालेका काम पूरा होलान्। आफन्तबाट राम्रै सहयोग पाइनेछ। राम्रै काम बन्नेछ। सामान्य परिश्रमबाट पनि केही आम्दानी होला। खाद्यान्न प्राप्ति होला। तर साताको अन्त्यका दुई दिन भने राज्यका तर्फबाट डर, मान–प्रतिष्ठामा कमी, स्वास्थ्यमा समस्या हुने सम्भावना छ। सतर्कता अपनाउनुहोला।

कुम्भ
तपाईंका लागि यो साताका धेरैजसो दिन उपलब्धिमूलक छन्। खेलकुद, परीक्षाजस्ता प्रतिस्पर्धात्मक प्रतियोगितामा सफलता मिल्ला। आर्थिक लाभ हुनाले खर्चको सन्तुलन मिलाउन सहज हुनेछ। विपरीतलिंगीबाट सहयोग एवम् सुख–सन्तोष पाइनेछ। तर सोमबारसम्म भने त्यति राम्रो देखिँदैन। रोगव्याधिको भय, आर्थिक नोक्सानी, पेसा–व्यवसायमा बाधा व्यवधान, प्रतिष्ठामा आँच आउन सक्छ।

मीन
यो साता आंशिक फलदायक देखिन्छ। साताको शुरू शनिबार र अन्त्यका दिनहरू राम्रो फल दिनेवाला छन्। आर्थिक लाभ हुने सम्भावना छ। परीक्षा, खेलकुदजस्ता प्रतिस्पर्धामा विजय हुने देखिन्छ। कार्य सफल हुने, मानप्रतिष्ठामा वृद्धि हुनेछ। तर आइतबारदेखि बुधबारसम्मका दिनहरू भने सन्तोषजनक देखिँदैनन्। तनाव हुने, धन हानि हुने,, कार्य अधुरो हुने देखिन्छ। निरर्थक दौडधुप गर्नुपर्ने होला।

प्रतिक्रिया दिनुहोस्