चेल्सीको संघर्षपूर्ण जित



लन्डन, (एजेन्सी)
युरोपा लिग फुटबलअन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा चेल्सीले संघर्षपूर्ण जित हासिल गरेको छ।
बिहीबार राति भएको खेलमा यस सिजन युरोपा लिगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिने क्रममा चेल्सीले स्विडेनको माल्मोलाई २–१ गोलले हराएको हो। माल्मोको घरेलु मैदानमा भएको खेलमा चेल्सीले अग्रता लिएको थियो। रोस बार्कलीले गोल गर्दै चेल्सीलाई ३०आंै मिनेटमा अग्रता दिलाएका थिए। खेलको ५८औं मिनेटमा विलियनको पास सदुपयोग गर्दै ओलिभर जिरौडले गोल गरेपछि चेल्सीको अग्रता दोब्बर बन्यो। एन्डर्स क्रिस्टियनसनले ८०आंै मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउन कोशिस गरे पनि त्यो सफल हुन सकेन।

यस्तै अर्को खेलमा लन्डन क्लब आर्सेनल स्विस क्लब बाटे बारिसोभसँग १–० ले पराजित भएको छ। बाटेका लागि स्टानिस्लाभ ड्रागनले घरेलु मैदानमा खेलको ४५औं मिनेटमा गोल गरेका थिए। अलेक्जान्डर लाकाजेट ८५औं मिनेटमा रातो कार्ड खाँदै मैदान बाहिरिएपछि आर्सेनल १० खेलाडीमा समेटिएकोे थियो। यस्तै इटालियन क्लब नेपोलीले एफसी ज्युरिचलाई ३–१ र इन्टर मिलानले ¥यापिड भियनालाई १–० ले हरायो। स्पेनिस क्लब सेभियाले लाजियोलाई तथा भिया रियलले स्पोर्टिङ सीएफलाई समान १–० ले पराजित गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्