गुरिल्ला म्याराथनमा भीम पहिलो



रुकुम, (नेस)
रुकुममा संचालन भएको गुरिल्ला म्याराथनको उपाधी गोर्खाका भिमबहादुर गुरुङले हात पारेका छन् । २४ औं जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले आयोजना गरेको म्याराथनमा गुरुङ ६० जना प्रतिस्पर्धीलाई उछिन्दै पहिलो भएका हुन् । निर्धारित २३ किलोमिटरको दुरी ३ घण्टा १८ मिनेटमा पुरा गर्दै उनले ६० हजार नगद पुरस्कार पनि प्राप्त गरेका थिए ।

यस्तै उक्त दुरी ३ घण्टा २२ मिनेटमा पुरा गरेर पश्चिम रुकुमका अर्जुन वस्नेत दोस्रो स्थानमा रहे । उनले ४५ हजार हासिल गरेका थिए । तेस्रो स्थानमा रहेका पश्चिम रुकुमका दुर्गाराज बुढाले ३५ हजार नगद सुरक्षित गरे । प्युठानका दामोदर बुढामगरले सान्त्वना पुरस्कार १० हजार नगद हासिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्