मुटु रोगी सुर्य कुमारी लाई हातेमालो समाजको सहयोग



नेपाल समाचारपत्र, काठमाडौं ।
मुटु रोगी सुर्य कुमारी सिलवाल बचाउ अभियानमा हातेमालो समाजले सहयोग रकम संकलन कार्यलाई तिर्वता दिएको छ । नगद रु ३१ हजार ८ सय ३२ रुपैंया संकलन गरि मुटु रोगी सुर्य कुमारीलाई हस्तान्तरण गरेको हो । हातेमालो समाजले रकम हस्तान्तरण सँगै अभियानलाई अघि बढाएको अभियान कर्ता सुरज घिमिरेले बताए । देश तथा बिदेशमा छरीएर रहेका युवाहरुले समाज सेवा गर्ने उदेश्यले स्थापना गरेको हेल्पिङ ह्यान्ड ले लोक गायीका गितादेबीको हातबाट उक्त रकम सुर्य कुमारीलाई हस्तान्तरण गरेको हो ।

२०७५ सालमा स्थापना भएको हातेमालो समाजले विभिन्न देशमा रहेका सहयोगीहरु सहयोगले उक्त रकम संकलन गदेै आईरहेको छ । आफु पनि बाँच र अरुलाई पनि बचाउँ भन्ने उद्धेश्य लिई हिँडेको उक्त गु्रपले समय समयमा यो किसिमका सहयोग गर्दै आईरहेको छ ।

ललितपुर घर भई हाल जावलाखेलमा बस्दै आईरहेकी सुर्य कुमारीको मुटुको उपचारको लागि १३ लाख रुपैया रकम लाग्ने बताईएको छ । आर्थिक अवस्था कमजोर भएकी सुर्य कुमारीको उपचारका लागि सहयोग गरिदिन उनले अनुरोध गरेकि छिन् । यस भन्दा अघि कमाण्डो गु्रप र अन्य विभिन्न संघ संस्था र व्यक्ति मार्फत संकलन गरि हाल सम्म जम्मा ८० हजार जम्मा भएको मुटु रोगी सुर्य कुमारी सिलवाल बचाउ अभियानका अभियानकर्ता चर्चित गायिका गितादेवीले बताईन ।

गायिका गितादेवीले सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरी असाह्य सुर्यकुमारी सिलवाल बचाउन सुर्यकुमारी सिलवाल बचाउ अभियान अघि सार्ने प्रतिबद्धता पनि जाहेर गरिन र सम्पुर्ण सहयोगी मनलाई पनि अपिल गरिन ।

प्रतिक्रिया दिनुहोस्