५ डीएसपीको काज सरुवा, को कहाँ पुगे ?



नेपाल समाचारपत्र, काठमााडौँ ।
प्रहरी प्रधान कार्यालय काठमाडौँले ५ जना डीएसपीको काज सरुवा गरेको छ ।

जसअन्तर्गत जिल्ला प्रहरी कार्यालय म्याग्दीमा महेन्द्र प्रसाद मरासिनी, महानगरीय प्रहरी वृत्त दरबारमार्गमा विनोद घिमिरे, ईलाका प्रहरी कार्यालय बैदाम पोखरामा कोमल विक्रम शाह, जिल्ला प्रहरी कार्यालय दार्चुलामा भेषराज रिजाल र जिल्ला प्रहरी कार्यालय रौतहटमा नवीन कार्कीलाई सरुवा गरेको छ ।

यस अघि पनि डीएसपीहरुको सरुवा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्