थाइ राजकुमारीको प्रधानमन्त्री उम्मेदवारमा राजाको आपत्ती



बैंकक (एजेन्सी)
थाइल्यान्डका राजा वाजिरालोंगकोर्नले आगामी मार्चमा हुने चुनावमा प्रधानमन्त्री उम्मेदवारमा आफनी दिदीको अप्रत्यासित दावेदारीलाई अनुचित बताउँदै भत्र्सना गरेका छन् ।

राजदरबारबाट जारी एक बयानमा थाइ राजका अनुसार उनकी दिदीको दावेदारी देशको संस्कृति विरुद्ध हुने उल्लेख गरेको छ । ६७ बर्षिय राजकुमारी उबोलरत्ना माहिदोललाई पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको सहयोगी पार्टीले आफना उम्मेदवार नामांकन गरेको हो ।

यसअघि थाई शाही परिवार राजनितिबाट टाढ्रै रहने परम्परा यस घटनाले तोडिने भएको छ । विश्लेषकहरुले राजाको हस्तक्षेपले चुनाव आयोग मार्च २४ मा हुने प्रधानमन्त्री चुनावका लागि राजकुमारीलाई अयोग्य घोषित गर्न सक्छ ।
यो चुनावमा सबैको ध्यान गइरहेको छ, किनभने यसलाई पाँच बर्ष सैन्य शाषणपछि थाईल्यान्ड लोकतन्त्रमा फर्किने अवसरका रुपमा लिएको छ ।


राजमहलबाट जारी विज्ञप्तीमा भनिएको छ, उनले आफनो शाही पदवी छोडेकी भएपनि उनी चाक्री वंशकी सदस्य हुन् । शाही परिवारका कुनै पनि सदस्य राजनितिमा आउनु देशको परम्परा, मान्यता र संस्कृति विरुद्ध मानिनेछ । त्यसैले यसतो गर्नु अत्यन्त अनुचित हुने छ ।

विज्ञप्तीमा संवैधानिक ब्यवस्थाको पनि उल्लखे गरेको छ, जसमा राज परिवारलाई राजनितिबाट दुरी बनाइराख्नु पर्ने हुन्छ ।

राजकुमारी शाही पद त्याग गरेर बसेकी हुन्

यसअघि राजकुमारी उबोलरत्ना माहिदोलले प्रधानमन्त्रीको चुनाव लड्ने आफनो पैmसला सही भएको बताउँदै आफु आम नागरिक सरह बस्दै आइरहेको बताएकी थिइन् । आम नागरिकका रुपमा चुनाव लड्ने आफनो अधिकारको प्रयोग गर्न चाहेको बताएकी थिइन् ।

उनी थाईल्यान्डका लोकप्रिय राजा भुमिवोलकी सबैभन्दा जेष्ठ सन्तान हुन् । राजा भुमिबोलको सन् २०१६ मा देहान्त भएको थियो ।

राजकुमारी उबोलरत्नाले सन १९७२ मा एक अमेरिकी नागरिकसँग विवाह गर्ने क्रममा राजकुमारी पद त्याग गरेकी थिइन् । तर सन् २००१ मा पतिसँग सम्बन्ध विच्छेदपछि उनी थाइल्यान्डमा फर्केकी थिइन् ।

प्रधानमन्त्री पदका दावेदार बन्ने उनको घोषणाले देशको राजनितिले नयाँ मोड लिएको छ । बर्तमान सत्तारुढ जुन्टा प्रमुख अगाडी एक हाई प्रोफाइल शाही सदस्य चुनावी मैदानमा देखिने छिन् ।

जुन्टा प्रमुखले राजनितिमा आफनो पकड कायम राख्ने अपेक्षा गरेका छन् । तर थाइल्यान्डका राजा महा वाजिरालोंगकोर्नकी दिदी राजकुमारी उबोलरत्ना थाई रक्षा चार्ट पार्टीकी उम्मेदवारका रुपमा देखिएकी छिन् । उक्त पार्टीको सन्चालन पुर्व थाइ प्रधानमन्त्री थाक्सिन सिनावात्राको राजनितिक वंशले गर्दै आइरहेको छ । पार्टीका नेता प्रिचापोल पोंगपनिचले संवादाताहरुलाई भने, शिक्षित तथा कुशल राजकुमारी उबोलरत्ना सबै भन्दा उचित विकल्प हो भन्नेमा बोर्ड सहमत भएको छ ।

उक्त घोषणाको अर्थ सिनावात्रासँग जोडिन आएको शाही मोर्चाको एक पार्टीले प्रत्यक्ष सैन्य पार्टीसँग टक्कर लिनेछ । सैन्य पार्टीबाट नेता प्रयुत्त चान ओचालाई नै प्रधानमन्त्रीका रुपमा अगाडी सारेको छ ।

शुक्रबार ६७ बर्षिय थाइ राजकुमारी उबोलरत्ना राजकन्या सिरिवधना बर्नावादीलाई थाइ रक्षा पार्टीले धेरै पछि हुन लागेको चुनावमा प्रधानमन्त्रीका रुपमा नामांकन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्