नेपालले उपाधि चुमेको सिंगापुर पेजेन्टमा जे देखियो



गत सेप्टेम्बर २८ देखि नोभेम्बर २ तारिकसम्म सिंगापुरको अर्किड होटलमा सम्पन्न मिसेस इन्टरनेसनल २०१८ मा नेपालले अन्तर्राष्ट्रिय उपाधि जित्न सफल भयो। त्यो उपाधि थियो मिसेस एसिया प्यासिफिक इन्टरनेसलको। उपाधि चुमेकी थिइन् सर्लाहीकी चन्दा थापा गिरीले। उनले यो पंक्तिकार अध्यक्ष रहेको रिबन इन्टरटेनमेन्टद्वारा गत असोज ८ गते काठमाडौंमा सम्पन्न मिसेस नेपाल इन्टरनेसनल २०१८ को विजेता भएबापत मिसेस इन्टरनेसनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएकी थिइन्। जसलाई भरपुर उपयोग गर्दै आफ्नो क्षमता प्रदर्शन गरी विवाहित महिलाबीचको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा भिडेर मुख्य उपाधिमध्येको एक उपाधि नेपाललाई दिलाएकी थिइन्। सिंगापुरजस्तो देशमा भएको मिसेस इन्टरनेसनल २०१८ मा नेपालले अन्तर्राष्ट्रिय उपाधि चुम्नु आफैंमा गौरव र खुसीको विषय थियो। त्योभन्दा पनि महŒवपूर्ण कुरा एउटी नेपाली चेलीले विदेशमा गएर उपाधि जित्दै नेपाल विश्वसामू चिनाउन सहयोग गरेकी छिन्।

   निशुकान्त झा
(पेजेन्ट डाइरेक्टर)

सो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गराउन यो पंक्तिकारले रिबन इन्टरटेनमेन्टका तर्फबाट २ वर्षदेखि प्रयास गरेको थियो। सामाजिक सञ्जालको सदुपयोग गर्दै यसमार्पmत सो प्रतियोगिताको आयोजक टीकेएस एन्ड सन्ससँग निरन्तर सम्पर्क गरी निश्चित सर्त र शुल्क बुझाएर फ्रेन्जाइजी पाएपछि नेपालबाट प्रतिनिधित्व गर्ने अवसर प्राप्त भएको थियो। प्रतियोगी चन्दा थापा गिरीलाई मार्गनिर्देशन तथा सल्लाह र सुझाव दिन फेसन कोरियोग्राफर अश्विनी झा, इभेन्ट मेनेजर बालकृष्ण पोखरेल र यो पंक्तिकार उनका साथ सिंगापुर पुगेपछि थाहा भयो, यहाँ हामीले आयोजना गर्ने र त्यहाँ हुने गरेका सौन्दर्य प्रतियोगीको उद्देश्य तथा रूपमा धेरै समानता रहेछ। जस्तो कि हामीले प्रतियोगिता आयोजना गर्दा मानव बेचबिखनविरुद्ध अभियान सञ्चालन गरेका थियौं। त्यहाँ वृद्धवृद्धालाई सहयोग गर्ने अभियान चलाइएको थियो। हामीले आयोजना गरेको मिसेस नेपाल इन्टरनेसनलको प्रेजेन्टेसन र उनीहरूको प्रेजेन्टेसन उस्तै लागेपनि तुलनात्मकरूपमा स्तरीयता हाम्रोमै भएको महसुस रिबन इन्टरटेनमेन्टको टिमसँगै सोही प्रतियोगितामा स्पर्धा गर्न हाम्रो तर्पmबाट सहभागी मिसेस नेपाल इन्टरनेसनल २०१७ सुरुचि पाण्डे, मिसेस नेपाल ग्ल्याम २०१८ अलाइजा महर्जन र चन्दा थापा गिरीले पनि गरे। प्रतियोगिता अन्तर्राष्ट्रिय थियो। त्यस कारण नेपालसहित विभिन्न २५ देशका विजेता एकै ¥याम्पमा स्पर्धा गरिरहेका थिए। सबैको भाषा फरक थियो, कला, संस्कृति र पहिरन पनि फरक थियो। तर अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले सबैको लक्ष्य एउटै थियो उपाधि चुम्नु। यस्तो होइन कि सहभागी अन्य देशका प्रतियोगीहरू कमजोर थिए। सबै देशका प्रतियोगीहरू एक से एक थिए। सबैले आ–आफ्नो देशको उपाधि जितेकै कारण त्यो प्रतियोगितामा स्पर्धा गर्ने अवसर प्राप्त गरेका थिए। तर नेपालकी चेली चन्दा उपाधिकी दाबेदार थिइन्। किनभने नेपालबाट प्रतिनिधित्व गर्ने चन्दा, सुरुची र अलाइजा तीनै जनाले सुरुआती चरणमै आफ्नो क्षमता दरिलोरूपमा प्रस्तुत गर्दै पहिलो अवार्डस्वरूप टेबल सेटअपको अवार्ड चुमेका थिए। सुरुची र अलाइजाले यही उपउपाधिमा चित्त बुझाउनु परे पनि चन्दाले मुख्य उपाधिमध्येको एक उपाधि चुमेर हामीलाई त उत्साहित बनाइन् नै, अन्य देशका प्रतियोगीमाझ पनि आफूलाई अब्बल सावित गरेर देखाइदिइन्।

जब देश र झण्डाको कुरा आउँछ,

जिम्मेवारी पनि त्यत्तिकै बढ्दोरहेछ

भन्ने महसुस त्यतिबेला भइरहेको थियो,

जतिबेला सबैजना नेपाली प्रतियोगीसँग डराइरहेका थिए।

प्रतियोगिता सिंगापुर, मलेसिया र इन्डोनेसिया हुँदै सिंगापुरमै गएर समापन भएका थियो। रोचक पक्ष के थियो भने प्रतियोगिहरूको मूल्यांकन सिंगापुरको चाँगी एयरपोर्टबाटै शुरू भएको थियो। ६ दिनसम्म चलेको प्रतियोगिताको पहिलो दिन सहभागी सबैलाई सिंगापुर एयरपोर्टबाट सन्तोसा आइल्यान्ड लगिएको थियो। सन्तोसा आइल्यान्ड त्यो ठाउँ हो, जहाँ विश्वकै सर्वशक्तिमान राष्ट्र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका राष्ट्रपति किम जोन उनका बीच ऐतिहासिक वार्ता भएको थियो। सन्तोसाको स्यान्टकोस्टा रिसोर्टमा पुु¥याएपछि ओरेन्टेसन कक्षा दिइयो, जहाँ सहभागी सबै देशका प्रतियोगीबीच परिचय गराइएको थियो। भव्य गाला डिनरपछि भोलिपल्ट सहभागी सबैलाई मलेसिया पु¥याइएको थियो। दोस्रो दिन मलेसियामा त्यहाँका कला र संस्कृतिबारे जानकारी गराइएपछि आर्ट अफ लिभिङ सिकाउँदै जोहरबारु पु¥याएर सोही दिन सिंगापुर फर्काइएको थियो। तेस्रो दिन क्रुजमार्पmत इन्डोनिसिया लगियो।

जहाँ पूर्व मिसेस एसियन तथा सांसद सिल्भिया हिल्डाले स्वागत गरेकी थिइन्। सहभागीहरूको स्वागतका लागि स्थानीय संस्कृति झल्काउने नृत्यका साथ अन्य प्रस्तुति प्रस्तुत गरिएको त्यो क्षण वास्तवमा सबैका लागि स्मरणीय बन्न पुगेको थियो। तत्पश्चात फोटो सुटका साथ टापु बटामको अर्को यादगार ट्रिप थियो। त्यहाँबाट सिंगापुर फर्की चौथो दिन अन्तिम स्पर्धाको तयारी शुरू भयो। चौथो दिन अमेरिका, अस्ट्रेलिया, स्वीडेन, भियतनाम, नेपाललगायत विभिन्न देशबाट प्रतिनिधित्व गरेका प्रतियोगीले आ–आप्mनो देशको संस्कृति र परिकार झल्काउँदै टेबुल सेटअप गरेका थिए। कसैले आफ्नो देशको राजाको मुकुटको प्रतिमूर्तिसहित टेबुल सेटअप गरेका थिए त कसैले प्रेमको प्रतीक ताजमहलले टेबुल सजाएर सबैको ध्यान तान्ने प्रयास गरेका थिए। जापानी सुन्दरीले आफ्नो देशको पहिरन र परिकारसहित टेबुल सजावट गरेकी थिइन् भने अस्टे«लियाकी सुन्दरीले विभिन्न पत्थरलाई आकर्षण बनाएकी थिइन्। नेपालका चन्दा, सुरुची र अलाइजाले भने नेपाली ढाकाबाट बनेका पहिरन र अन्य सामग्रीले टेबुल सजाएर सबैको ध्यान तान्दै शुरूमै अवार्ड हासिल गरेका थिए। त्यस प्रतियोगितामा यो नै टिम नेपालको पहिलो अवार्ड थियो। सिंगापुरको कला संस्कृति झल्कने मनोरञ्जक प्रस्तुतिका साथ आयोजित भव्य गाला डिनरपछि भोलिपल्ट सेमिफाइनल प्रतियोगिता आयोजना गरिएको थियो। सेमिफाइनल अर्थात् प्रिजजिङका दिन सबै सहभागीको ढुकढुकी बढिरहेको थियो। प्रतियोगिताअन्तर्गत बिकिनी शो शैलीको बडी फिटनेस, पर्सनल इन्टरभ्यु, प्रोजेक्ट वर्क प्रेजेन्टेसन, ट्यालेन्ट शोलगायतका राउन्ड चलाइएको थियो। चन्दा, सुरुचि र अलाइजा तीनै जनाले आत्मविश्वास र उत्साहका साथ सबै राउन्ड पूरा गरे। जसमध्ये अलाइजाले पर्सनल इन्टरभ्युको उपउपाधि हासिल गरिन्। ट्यालेन्ट राउन्डमा विभिन्न देशका विजेताहरूले गायन, नृत्य, अभिनयलगायतका विभिन्न प्रतिभा प्रदर्शन गरेका थिए। नेपालका तर्पmबाट चन्दाले मानव बेचविखनविरुद्वको एकल नाटक प्रस्तुत गेरकी थिइन् भने सुरुचिले फूलको आँखामा फूलै संसार गाएर सुनाएकी थिइन्। अलाइजाले नेपालको मौलिक नृत्य कुमारी नृत्य प्रस्तुत गरेर सबैलाई आकर्षित गरेकी थिइन्। जसमध्ये आनी छोइङको लोकप्रिय गीत गाएकी सुरुचिले इन्टरनेसनल बस्ट ट्यालेन्टको उपउपाधिलाई आफ्नो बनाउन सफल भइन्।

छैटौं दिन अन्तिम प्रतिस्पर्धाको दिन थियो, निर्णायक दिन थियो। सबै देशका सहभागीहरू उत्साहितसँगै नर्भस पनि थिए। अब के होला, कसो होला सबैमा जिज्ञासा थियो। सबैजना आत्मबल पनि उत्तिकै दर्साइरहेका थिए। उपउपाधि जित्ने सहभागीहरू अरू देशका पनि थिए। तर बढी उपउपाधि नेपालको पोल्टामा परेकाले सबैको नजर नेपालतिर तेर्सिएको थियो। नेपाली चेलीहरूको आँखामा आशा झल्किइरहेका थिए। आशा त हामीमा पनि थियो। तर डर पनि उत्तिकै थियो कि अरू देशका सहभागीहरू पनि कम बलिया थिएनन्। जब देश र झण्डाको कुरा आउँछ, जिम्मेवारी पनि त्यत्तिकै बढ्दोरहेछ भन्ने महसुस त्यतिबेला भइरहेको थियो जतिबेला सबैजना नेपाली प्रतियोगीसँग डराइरहेका थिए। प्रतियोगिता अगाडि बढ्दै थियो, विजेताको नाम अगाडि आउने समय पनि नजिकिँदै थियो। २५ देशका विजेता आपसमा भिड्दै थिए। सबै देशका प्रतियोगीहरू आफ्नो देशका मौलिक पोशाकमा सुसज्जित भएर ¥याम्प नाप्दै थिए। नेपाली चेलीहरू पनि नेपालको सांस्कृतिक पहिरनमा सजिएर सबैलाई आकर्षित गर्ने प्रयासमा थिए।

फाइनल राउन्डमा आफ्नो परिचयसहित देशलाई चिनाउनुपर्ने प्रावधान प्रतियोगिताको थियो। जसमा चन्दाले नेपाललाई शान्तिको प्रतीक गौतम बुद्वको जन्मस्थलका रूपमा चिनाइन् भने सुरुचिले सर्वोच्च शिखर सगरमाथाको देश नेपाल भन्दै आफ्नो देशको महिमा गाइन्। त्यसै गरी अलाइजाले पशुपतिनाथ र हिन्दू धर्मको कुरा अगाडि सार्दै नेपाललाई संस्कृति र सम्पदाको धनी देशका रूपमा अगाडि सारेकी थिइन्। गाला डिनरका साथ अगाडि बढेको फाइनल सेरोमनीमा जब क्राउनिङ सेरोमनीको समय भयो, सबैको ध्यान नेपालतिरै गयो। उपउपाधि विजेता घोषणाबाट शुरू भएको क्राउनिङ सेरोमनीमा चन्दाको नाम पे्रmन्डली अवार्डका लागि उद्घोषण भयो, टिम नेपालको शान बढ्यो। सुरुचि पाण्डेको नाम एलिगेन्स ब्युटी र ब्युटी एम्बेसडर टाइटलका लागि अनाउन्स्ड भयो, एक्साइटमेन्ट बढ्दै गयो। अलाइजाको नाम कन्टेस्टेन्ट अफ द इएर र इन्टिलेक्चुअल ब्युटीका रूपमा भएपछि माहौल अभैm तातियो।

नोभेम्बर २ तारिकका दिन सिंगापुरको पाँचतारे होटल अर्किड कन्ट्री क्लबमा भएको फाइनल प्रतियोगिताको माहौल तात्दै थियो। नेपाललाई उपाधिमाथि उपाधि मिल्दै गइरहेको थियो। सबैजना उत्साहित थियौं। सबैको पर्खाइ थियो मुख्य ३ उपाधिको। जसमध्ये मिसेस इन्टरनेसल २०१८ को उपाधि भियतनामले लग्यो भने मिसेस एसिया प्यासिफिक इन्टरनेसल २०१८ को उपाधि जापान, अस्ट्रेलिया, भारतजस्ता देशलाई समेत पछाडि छोड्दै नेपाली चेलीले चुमेर देशको गौरव बढाइदिइन्। इन्टर कन्टिनेन्टलको उपाधि भने स्वीडेनले लग्यो।

सिंगापुरका सुल्तान तेङकु सवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको प्रतियोगितामा चन्दाले उपाधि जितेबापत २ सय अमेरिकी डलर अर्थात् नेपाली २ लाख ३० हजार रुपियाँबराबरको पुरस्कार प्राप्त गरिन्। नेपाललाई मिलेको यो उपाधि ठूलो उपलब्धि हो। यो सो प्रतियोगिताकै दोस्रो ठूलो उपाधि थियो।

सिंगापुरबाट मलेसिया र इन्डोनेसिया हुँदै सिंगापुरमै पुगेर समापन भएको मिसेस इन्टरनेसनल २०१८ मा सहभागी भएपछि यो पंक्तिकारलाई महसुस भएको छ कि नेपालले पनि यसखाले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न अब जरुरी भइसकेको छ। यो प्रतियोगिताबाट सहभागी टिम नेपालले आयोजक देश सिंगापुरका साथमा मलेसिया र इन्डोनेसिया तथा त्यहाँको कला, संस्कृति र रहनसहनलाई त नजिकबाट बुझ्न पायो नै, सहभागी अन्य देशबारे पनि बुझ्ने अवसर मिल्यो। नेपालमै यसखाले अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सकिए नेपाललाई चिनाउन मद्दत पुग्नेछ। यसखाले प्रतियोगिता आयोजना गरिए नेपाललाई विश्वसामू चिनाउने एउटा ठूलो अवसर नेपाललाई मिल्नेछ। अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता आयोजना गरी काठमाडौं र भक्तपुरको कला, संस्कृति देखाउने तथा बुद्वभूमि लुम्बिनी पु¥याई बुद्वको देश भनेर चिनाउन सकिनेछ। नेपाललाई बहुसंस्कृति र बहुजाति तथा धर्मको देश अनि विश्वकै सर्वोच्च शिखर सगरमाथाको देश भनेर विश्वसामू नेपालको प्रचारलाई मुखारित गर्न सकिनेछ। यसका लागि नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले साथ र सहयोग गर्नु जरूरी छ। यसबाट संस्कृति आदानप्रदान गर्दै पर्यटक भिœयाउन पनि सहयोग मिल्नेछ। यति धेरै लाभ हासिल गर्नका लागि नेपालमै अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता गर्न अब किन ढिलो गर्ने तरु

प्रतिक्रिया दिनुहोस्