हिमरश्मी सेमिफाइनलमा



काठमाडौं, (नेस)
हिमरश्मी चौथो नेफ–साइपाल अन्तरविद्यालय सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ। हिमरश्मीले सांग्रिलालाई १–० गोलले पराजित ग¥यो। विजेताका राम कार्की ‘म्यान अफ द म्याच’ घोषित भए। अन्य क्वार्टरफाइनलमा नोब्सले काष्ठमण्डपलाई ३–१, विनायकले क्लिन्टनलाई २–० तथा माउन्ट ग्लोरीले साइपाल एकेडेमीलाई २–० गोलले हराउँदै अन्तिम चारमा स्थान पक्का गरे।

 

प्रतिक्रिया दिनुहोस्