बादोरियो टोली भारत प्रस्थान



काठमाडौँ, ९नेस०
तेस्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली बादोरियो कराते टोली बिहीबार भारतको विषखापत्तनम प्रस्थान गरेको छ। खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेस गर्नेछन्। टोली नेतामा नेपाल बादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी रहेका छन्। प्रतियोगिता फ्रेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ।

प्रतिक्रिया दिनुहोस्