भारतको लज्जास्पद पराजय



नयाँ दिल्ली, (एजेन्सी)
नियमित कप्तान विराट कोहलीलाई आराम दिएको खेलमा न्युजिल्यान्डले भारतलाई लज्जास्पद तरिकाले हराएको छ।
हेमिल्टनमा बिहीबार भएको चौथो खेलमा न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टले भारतीय टोलीलाई झट्का दिएका थिए। उनको घातक बलिङको सामना गर्न नसक्दा भारत ९३ रनमै अलआउट भएको थियो। ९४ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर ८ विकेटले जित्दै जारी सिरिजमा पहिलो जित हात पा¥यो। यसअघि तीनै खेल हारेर न्युजिल्यान्डले भारतलाई सिरिज सुम्पिसकेको थियो।

बोल्टले शिखर धवनलाई १३ रनमा एलबीडब्ल्यू आउट गरे। यसपछि उनले रोेहित शर्मा ९७ रन० र डेब्यु गरेका शुभमन गिल ९९ रन०लाई पवेलियनको बाटो देखाए।
उनले केदार जाधवलाई १ रनमा र हार्दिक पाण्ड्यालाई १६ रनमा आउट गर्दै ५ विकेट हात पारेका थिए। म्यान अफ द म्याच बोल्टले १० ओभरमा ४ मेडनसहित २१ रन खर्चेका थिए।

यस्तै कोलिन डी ग्रेन्डहोमले पनि सानदार बलिङ गर्दै ३ विकेट हासिल गरेका थिए। उनले अम्बाती रायडु र दिनेश कार्तिकलाई शून्यमै आउट गरेर भारतीय ब्याटिङ ध्वस्त गर्न मद्दत गरे। भारतीय ब्याटिङमा पुछारका युज्बेन्द्र चहलले १८ रन र कुलदीप यादवले १५ रन बनाएर टोलीको स्कोर बढाएका थिए।

 

प्रतिक्रिया दिनुहोस्