मेयर कप सो–क्युकोसिन कराते हुँदै



ललितपुर, (नेस)
ललितपुरको गोदावरी नगरपालिका वडा नं। ११ वज्रवाराहीमा ‘प्रथम गोदावरी नगरपालिका मेयर कप तथा चौधौं सो–क्योकुसिन कराते प्रतियोगिता’ हुने भएको छ।
वज्रवाराही सो–क्युकोसिन कराते डोजोको आयोजनामा शुक्रबारदेखि शुरू हुने उक्त प्रतियोगितामा देशका सातै प्रदेशबाट १ सय २० जना खेलाडीले भाग लिने आयोजकले जनायो। प्रतियोगिता सञ्चालनका लागि सबै तयारी पूरा भएको अयोजक डोजोका प्रमुख जय देसारद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। प्रतियोगिताको कुल लागत १५ लाख रुपियाँ हुने डोजो प्रमुख देसारले बताए।

प्रतियोगितामा पुरुषतर्फ अन्डर २५ केजी, अन्डर ३० केजी, ३५, ४५, ५५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ। पुरुषतर्फ खुला तौल समूहमा समेत खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै महिलातर्फ ३५ केजी र महिलातर्फ खुला तौल समूहमा प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा टेकराज लङाली, नवीना श्रेष्ठलगायतका कलाकारहरुले सांस्कृतिक प्रस्तुति प्रदर्शन गर्नेछन्। कार्यक्रममा अत्यन्तै जोखिमपूर्ण आइसब्रेक, सिसाको बोतल ब्रेक गर्नेलगायतका साहसिक खेलहरूसमेतको प्रदर्शन हुनेछ। कार्यक्रममा करातेका १२ जना खेलाडीलाई विशेष सम्मानसमेत गरिने आयोजकले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्