यूएईद्धारा नेपाललाई १५४ रनको लक्ष्य प्रस्तुत



नेपाल समाचारपत्र, काठमाडौं ।

पहिलो टी–२० खेलमा यूएईले नेपाललाई १५४ रनको लक्ष्य दिएको छ । आईसीसी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ रोजेपछि यूएईले ब्याटिङ गरेको थियो । यूएईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १५३ रन जोडेको छ ।

यूएईका लागि शाइमन अनवारले उत्कृष्ट ब्याटिङ गरे । ३८ बलको सामना गरेका उनले चार चौका र दुई छक्काको मलतमा ५९ रन बनाए । मोहम्मद उस्मान ३० र सीपी रिजवान २२ रनमा आउट भएका थिए भने मोहम्मद बुटाले २० रन जोड्दै आउट भएका थिए ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले दुई–दुई विकेट लिएका छन् । त्यस्तै सोमपाल कामी र अभिनाश बोहोराले एक–एक विकेट लिए । करण केसी चार ओभर बलिङ गरेका करण केसीले भने ४३ रन खर्चिए ।
नेपाल केहीबेरमा जवाफी व्याटिङ उत्रदै छ ।

प्रतिक्रिया दिनुहोस्