उद्घाटन खेलमा एपीएफ विजयी



विजय नेपाली, पोखरा

छैँठौं संस्करणको मनकामना केबलकार पोखरा कप फुटबल प्रतियोगित मङलबारदेखि पोखरा रंगशालामा शुरू भएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल एपीएफले हिमालयन शेर्पा क्लबलाई २–१ गोलअन्तरले हराएर विजयी शुरूआत ग¥यो। खेलको २६आंै मिनेटमा एपीएफका आशिष लामाले करिब २२ यार्डबाट गरेको प्रहार उत्कृष्ट गोलमा परिण भएको थियो। सो गोलले एपीएफलाई १–० को अग्रता दिलायो।

पहिलो हाफ १–० गोलले पछि परेको हिमालयन शेर्पाले ५४औं मिनेटमा अम्बर ढुङगेलको गोलमार्फत् खेल १–१ बराबरीमा पु¥यायो। तर यसपछि एपीएफले गोल गरेपछि हिमालयन शेर्पाले जित निकाल्न भने सकेन। खेलको ७८औं मिनेटमा पेनाल्टी गोलमा एपीएफले जित्न पाएको थियो। डी बक्सभित्र हिमालयन शेर्पाका विदेशी खेलाडी यूरिच सुवईलेको हातमा बल लागेपछि पेनाल्टीको अवसर एपीएफलाई पाएको थियो अक्त अवसरलाई सदुपयोग गर्दै सुदिप सिखाकारले एपीएफलाई जित दिलाए ।

यो सिजनमा एपीएफ र हिमालयन शेर्पा तेस्रोपटक आम्नेसाम्ने भएका हुन्। एक खेल बराबरी भएको थियो भने एकमा हिमालयनले जितेको थियो भने एक खेल एपीएफले। खेलको म्यान अफ दि म्याच एपिएफका आशिष लामा घोषित भए। उनले नगद पाँच हजार रुपियाँको साथै ट्रफी हात पारे
खेलाडीबीच तालमेल नमिलेका कारण खेल हार्नुपरेको हिमालयनका प्रशिक्षक विरेन्द्र पुडासैनीले बताए। ‘रेफ्रीको निर्णय नै गलत थियो, एउटै प्रकृतिको फाउल हुँदासमेत हामीले फाउल पाएनौं, दोस्रो हाफमा केही अवसर पाएका थियांै त्यसको सदुपयोग गर्न सकेनौं’ –उनले भने।

जितसँगैै एपीएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडी रणनीतिअनुसार खेल्दा जित हात पारेको बताए। ‘नकआउट खेलमा बढी प्रेसर हुन्छ हिमालयन बलियो प्रतिद्वन्द्वी हो, जित सहज थिएन, खेलाडी थकित थिए मैदान राम्रो भएकाले पनि खेल राम्रो भयो’ –उनले भने। प्रतियोगिताअन्तर्गत बुधबार ९आज० क्यामरुनको डफिन्स टिम फेमेली र च्यासल क्लबबीच हुने आयोजकले जानकारी दिए। प्रतियोगिता माघ २६ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्