रेडिअन्ट सेमिफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
रेडिअन्ट सातौं एक्सेल्सियर कपअन्तर्गत जुनियर ब्वाइज बास्केटबलमा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ।
रेडिअन्टले महामञ्जुश्रीलाई ३२–२५ ले पराजित ग¥यो। रेडिअन्टका राज रोकाले १३ अंक जोडे। जुनियर ब्वाइजमै बृहस्पतिले आयोजक एक्सेल्सियरलाई ९–७ तथा लोक आदर्शले रुपिजलाई १७–१५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे।
सिनियर गल्र्स बास्केटबलमा टीआईएले रेडिअन्टलाई २०–१०, सिद्धार्थ वनस्थलीले स्वर्णिमलाई २८–२६ र एक्सेल्सियरले मोक्सदालाई २३–५ ले पाखा लगाउँदै क्वार्टरफाइनल यात्रा तय गरे। सिनियर ब्वाइज बास्केटबलमा एक्सेल्सियरले ग्यालेक्सीमाथि ३३–३२ को कठिन जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान बनायो। एक्सेल्सियरका युगेश सुवेदीले ११ स्कोर गरे। सिनियर ब्वाइज फुटबलमा काभ्याले होली भिजनलाई ६–१ र एलआरआईलाई ५–२, लोक आदर्शले एक्सेल्सियरलाई २–० तथा एलआरआईले होली भिजनलाई २–१ गोलले निराश पारे।

 

प्रतिक्रिया दिनुहोस्