युएईले दियो नेपाललाई २५५ रनको लक्ष्य



काठमाडौँ ।
युएई भ्रमणमा रहेको नेपालले तेस्रो तथा अन्तिम एक दिवशीय खेलमा २५५ रनको लक्ष्य पाएको छ ।

टस जितेर बलिङ गर्ने निर्णय गरेको नेपालले युएईलाई निर्धारित ओभरमा पाँच विकेट लिएर २५४ रनमा रोक्यो । नेपाली बलरले उत्कृष्ट शरुवात गरेका थिए । पहिलो दुई ओभरमा सोमपाल कामी र करण केसीले मेडन राखेका थिए भने तेस्रो ओभरमा नेपालले विकेट लिन सफल भयो । सोमपाल कामीले तेस्रो ओभरमा अश्फाक अहमेदलाई विनोद भण्डारीबाट क्याच आउट गराए ।

छैटौं ओभरमा करण केसीले चिराग सुरीलाई शुन्यमै विनोद भण्डारीबाट क्याच आउट गराए । पहिलो पावरप्लेको समाप्तिमा युएईलाई नेपालले १४ रनमा रोक्यो । यो स्कोर एक दिवशीय क्रिकेट इतिहासकै सबैभन्दा कम पावरप्ले रेकर्डको दोस्रो कम स्कोर बनेको छ । पावर प्लेमा सबैभन्दा कम स्कोरको रेकर्ड भने भारतको छ ।

एक वर्षअघि श्रीलंकाविरुद्धको खेलमा भारत १० ओभरमा ३ विकेट गुमाउँदै ११ रनमा समेटिएको थियो । २०औं ओभरमा सन्दिप लामिछानेले गुलाम शाब्बरलाई एलबीडब्ल्यु आउट गराए । शाब्बरले १८ रन बनाएका थिए । त्यसपछि २१औं ओभरमा पारस खड्काले मोहम्मद उस्मानलाई ललित राजवंशीबाट क्याचआउट गराएपछि नेपालले चौथो विकेट हात पारेको थियो ।

त्यसपछि करणले चुन्डोपिल रिजवानलाई ४५ रनको अवस्थामा विनोद भण्डारीबाट क्याचआउट गराएपछि नेपालले पाँचौं विकेट लिएको थियो । त्यसपछि शैमान अनवर र मोहम्मद बुताले उत्कृष्ट ब्याटिङ गरे । अनवरले ८७ रन जोड्दा बुताले ५९ रन जोडेका थिए ।

प्रतिक्रिया दिनुहोस्