एक्सेल्सियरको दोहोरो जित



काठमाडौं, (नेस)
आयोजक द एक्सेल्सियर स्कुलले सातौं एक्सेल्सियर कपअन्तर्गत सिनियर ब्वाइज फुटबलमा बिहीबार दोहोरो जित हात पारेको छ । स्वयम्भूस्थित घरेलु मैदानमा एक्सेल्सियरले ग्यालेक्सीलाई २–० गोलले पराजित ग¥यो । टोलीका लागि दुबै गोल धीरज जोशीले गरे ।

त्यस्तै एक्सेल्सियर ‘बी’ ले एनआरएसएचएसलाई ३–१ गोलले हरायो । सिनियर ब्वाइजमै एलआरआई त्रिनेत्रले १–१ गोलको बराबरी खेल भने स्राइन मोडेलले राजन मेमोरियल स्कुललाई ५–२ गोलले पन्छायो ।

सिनियर ब्वाइज बास्केटबलमा एलआरआईले रेडिअन्टलाई ४६–४४ ले पराजित ग¥यो । सिनियर गल्र्समा एलआरआईले स्किब्सलाई २२–१६ तथा मोक्सदाले रुपिजलाई १४–१२ ले पराजित गरे ।

प्रतिक्रिया दिनुहोस्