प्रहरी बढुवाकालागि चलखेल बढ्यो, प्रधान कार्यालय धाउने भन्दा नेताका ढोका कुर्ने बढे



काठमाडौ। लामो समयदेखि बढुवाकोलागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन ।

अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ । ती सिटकालागि दोडधुप चर्को रुपमा अघि बढेको छ ।
नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाकालागि सबै तयारी गरिएको भएपनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा बिश्व पोखरेलले समेत राजनीतिक लविङ गरेपछि बढुवाको फाईल रोकिएको छ । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा बिश्व पोखरेलको डिआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाईल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

कामप्रति इमान्दार रहेका श्रेष्ठ नेताकोमा चाकडी गर्न नगएको कारण पटक पटक बढुवामा छुट्दै आएका थिए । खाली रहेको एक सिटमा बढुवाकालागि प्रधान कार्यालयले तयारी पुरा गरेर गृहमा फाइल पु¥याउन लागेको बेला एसएसपी पोखरेलको पक्षमा उपप्रधानमन्त्री पोखरेलले लविङगरेपछि बढुवा रोकिएको छ ।

राम्रा भन्दापनि हाम्रा भन्ने प्रबृत्ती नेपाल प्रहरीमा मौलाउदै गएकाले प्रहरीको काम कारवाही समेत प्रभावित भएको छ । एसएसपी पोखरेको पक्षमा उपप्रधानमन्त्री पोखरेलले जसरीपनि बढुवा गर्नुपर्ने अडान लिएपछि एसएसपी पोखरेलसंगै बढुवा भएका अन्य एसएसपी समेत बढुवाकोलागि चलखेल शुरु गरेका छन ।

त्यस्तै डिआईजी बढुवा पछि रिक्त रहने १६ एसएसपीकालागि तीव्र लविङ शुरु भएको छ । अहिले बढुवाकालागि एसपी श्याम ज्ञवाली प्रहरी प्रधान कार्यालयमा भन्दापनि पूर्व एमालेका नेताकहां धाउन थालेका छन । उनले आफु १ नम्वरमा बढुवा हुने र संभावना भएका आफ्ना ब्याजीहरुलाई सिध्याउन लागि परेका छन ।

प्रहरी महानिरीक्षकलाई वाइपास गरेर ज्ञवालीले आफु अब्बल रहेको भन्दै नेताकोमा धाउन थालेको महिनौ बिति सकेको छ । पटक पटक बिवादमा तानिएका ज्ञवालीले प्रहरी महानिरीक्षलाई भेटेर बढुवाकालागि एक पटक पनि कुरा नगरेको बरु पूर्व एमाले नेताहरु युवराज ज्ञवाली, पांच नम्वर प्रदेशका मुख्य मन्त्री शंकर पोखरेल, नेकपाका महासचिव बिष्णु पौडेलको भिटो प्रयोग गरेर एक नम्वरमा बढुवाकालागि चलखेल शुरु गरेका छन । उनै ब्याजीले समेत ज्ञवालीलाई साथीमाराको संज्ञा दिएका छन । अहिले एसएसपी बढुवाकालागि डा. गणेश रेग्मी , सन्दिप भण्डारी, टेकप्रसाद राई, बिष्णु केसी, टेकबहादुर तामाङ लगायतका एसपीहरु तीव्र प्रतिस्पर्धामा छन ।

त्यस्तै प्रहरी उपरीक्षककालागि खाली हुने २६ पदकालागि पनि तीव्र प्रतिस्प्रर्धा शुरु भएको छ । अहिले झण्डै ४० जना डिएसपीहरु ब्ढुवाकालागि दौडधुप तीव्र बनाएका छन ।

 

 

प्रतिक्रिया दिनुहोस्