सर्वाधिक राशीको महिला भलिबल माघमा



विजय नेपाली, पोखरा

राष्ट्रिय खेलकुद परिषद (राखेप) को आयोजनामा पोखरा रंगशालामा भलिबल खेलमा नेपालमै पहिलो पटक सर्वाधिक राशीको राष्ट्रिय स्तरको महिला भलिबल प्रतियोगिता हुने भएको छ ।

राखेपको आयोजनामा लिग कम नकाआउटको आधारमा खेलाइने दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको प्रथम हुने टिमले तीन लाख ५० हजार रुपैयाँ तथा दोस्रो हुनेले एक लाख ७० हजार, तेस्रो हुने टिमले एक लाख तथा सान्त्वना हुने टिमले ५० हजार रुपैयाका साथै शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडिले नगद दस हजार र उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो र उत्कृष्ट प्रशिक्षकले समान पाँच–पाँच हजार प्राप्त गर्ने छन् भने प्रतियोगितामा १० टिमको सहभागिता रहने लक्ष्मणप्रसाद योगिले जानकारी दिए ।

प्रतियोगितामा गण्डकी प्रदेश, सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, प्रदेश न. १ , प्रदेश न.२, प्रदेश न. ३, प्रदेश न. ५ तथा तीन विभागीय टोलि सशस्त्र प्रहरी बल ( एपिएफ), त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले सहभागिता जनाउने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए । प्रतियोगिता माघ १ गते देखि ५ गते सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस्