महिला टी–२० स्मास क्रिकेटः मलेसियालाई ६ विकेट हराउँदै नेपालको लगातार दोस्रो जित



नेपाल समाचारत्रप, काठमाडौं ।
महिला टी–२० स्मास क्रिकेटमा आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको छ । मलेसियालाई हराएसंगै नेपालको यो लगातार दोस्रो जित हो ।

मलेसियाले दिएको ६२ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ४ विकेट गुमाएर भेटाएको हो ।
रोमा थापाले २० र सीता राना मगरले १६ रन बनाउँदा ममता चौधरी ९ रन बनाएका हुन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले अन्तिम ३ बल खेल्नु अघि सबै विकेट गुमाएर ६१ रन बनाएको थियो । सरिता मगरले ४ विकेट लिएकी थिइन् ।

शनिबारको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको थियो ।

उक्त खेल थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भैइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्