नेपालीको बानी



नियम कानुनको खिल्ली उडाउन पाएभने नेपाली जनताले आफुलाई महान भएको गर्व गर्ने गरेको दृष्यले धरहरा गम्भिर भएको छ । सरकार नियम कानुन ल्याउछ तर जनता ती नियम कानुलाई धोती लगाई दिन्छन ।

नियम कानुन आफै नमान्ने जनता अनि सरकारलाई धारेहात लगाएर सराप्छ यो सरकारले केही गरेन । शुरुवात आफैबाट गर्नुपर्ने हो तर जनता भन्छ अरुले त नियम कानुन मान्दैनन म किन मान्ने हैन सबैले आ–आफ्नो ठाउंबाट नियम कानुन माने पो मुलुकमा सम्बृद्धी आउछ । अरुलाई सराप्न खप्पिस नेपाली जनता आफुले पान खाएर सार्वजनिक सडकमा पिचिक्क थुक्छ र भन्न मेरो देशमा सरकार छैन । सरकारलाई गाली गर्न समय बेतित गर्ने ती कठै नेपाली आफुबाट सुध्रर्ने प्रयास गर्नु नि हैन र भन्या ।

जता हे¥यो त्यतै काहालीलाग्दो अवस्था छ तर पनि सबै आफ्नो डम्फु बजाउने तर आफुबाट शुरुवात नगर्ने नियम कानुन बनाएपछि सबैले त्यसलाई पालना गरेपो मुलुकपनि सप्रिन्थ्यो भन्या । नेपालीलाई अर्कालाई गाली नगरे खाएको नै पच्दैन अनि कहांबाट मुलुकको उन्नती हुनु र हजुर ।

प्रतिक्रिया दिनुहोस्