ट्रम्पको नाममा नयाँ जीव



लन्डन (एजेन्सी)
पानामा फेला परेको नेत्रहिन र पखेता पनि नभएको एक नयाँ प्रजातिको उभयचर जीवको नाम अमेरिकी राष्टपति डोनाल्ड ट्रम्पको नाममा राखिएको छ । उक्त जीवलाई डरमोफिस डोनाल्ड ट्रम्पी नामाकरण गरिएको छ । जलवायु परिवर्तनमा ट्रम्पको बयानको समर्थनमा उक्त कदम उठाइएको हो ।

बेलायत स्थित भवन निर्माण कम्पनी एनविरो विल्डले उक्त उभयचर जीवको नाम डरमोफिस डोनाल्ड ट्रम्पी राख्न सकिने जानकारी दिएको हो । यद्यपी उक्त नामका विषयमा छलफल हुन बाँकी छ । यसअघि पनि कयौं अन्य जीवको नाम राष्ट्रपतिहरुको नाममा राखिएका उदाहरण रहेको छ ।
जीव वैज्ञानिकहरुको एक समुहले पनामामा उक्त जीव फेला पारेको हो । यसको लम्बाइ १० सेन्टिमिटर छ । यो जीवले आफनो टाउको जमिन भित्र राख्न सक्छ । वैज्ञानिकहरुका अनुसार जीवको यो गुण अमेरिकी राष्टपतिको जलवायु परिवर्तनको विचारसँग मेल खान्छ । त्यसैले यसको नाम डरमोफिस डोनाल्ड ट्रम्पी सही हुने उनीहरुले बताए ।

जीवको यो नाम कम्पनीका प्रमुख एडन बेलले राखेका हुन् । बेललाई यो नाम राख्ने अधिकार हासिल गर्न ३४ हजार ४ सय ७८ अमेरिकी डलर खर्च गर्नु परेको थियो ।

प्रतिक्रिया दिनुहोस्