कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुबीच हात हालाहाल



काठमाडौं । कांग्रेस महासमिति बैठकमा शीर्ष नेताहरुबीच हात हालाहाल भएको छ । मंगलबारको बैठकमा सभापति शेर बहादुर देउवाले सम्बोधन गर्ने तयारी गरीरहेका बेला नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीले देउवाले समातेको माईक खोसेपछि अर्का नेता प्रकाशशरण महतले प्रतिबाद गर्दा नेताहरुबीच हात हालाहाल भएको हो । केसीले माईक खोसेपछि आक्रोशित भएका महतले केसीलाई हातले धकेलेका हुन ।

विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हातहालाल अवस्था सिर्जना भएको बताइएको छ । पूर्व निर्धारित कार्यतालिका अनुसार कांग्रेसको महासमिति बैठक आज सकिने थियो ।

तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन । नेताहरुबीच मुक्कामुक्की चलेपछि जिल्ला सभापतिहरु नाराबाजीमा उत्रिएका छन । अहिले बैठक समेत स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्