लक्स कामना फिल्म अवार्डस् २०७५: के भन्छन् मनोनयमा परेकाहरू?



विधा ः सर्वोत्कृष्ट पाश्र्वगायक

जसलाई दिए पनि अन्याय
हुँदैन ः कृष्ण काफ्ले
गीत ः पर्ख पर्ख÷मंगलम
सुगम पोखरेलको दुई गीत नोमिनेसनमा परेको रहेछ। उहाँको भन्छु आज बोलको गीत पनि निकै चर्चा कमाएको गीत हो। त्यस्तै कालीप्रसाद बास्कोटाको पीरतीको बर्को तिमीलाई पनि हिट गीत हो। सबै गीत हिट नै छन्। मंगलमको पर्ख पर्ख मायालु पनि निकै मन पराइएको गीत हो। सबै गीत राम्रा भएकाले जुन गीतले अवार्ड पाए पनि अन्याय हँुदैन। दोस्रोपटक पनि कामना फिल्म अवार्डको मनोनयनमा पर्दा निकै भाग्यमानी ठानेको छु।

विधा ः सर्वोत्कृष्ट नृत्य निर्देशक
अवार्ड त मैले जित्छु
होला ः कविराज गहतराज
गीत ः आँखैमा÷ए मेरो हजुर २÷इन्जिन गाडीमा÷लीली बिली÷कुटुमा कुटु÷दुई रूपैयाँ
पर्ख पर्ख÷मंगलम
४÷४ वटा फिल्मबाट नोमिनेसनमा परेपछि अवश्य पनि अवार्ड त मैले नै जित्छु होला। ४ वटा गीतमध्ये कुटुमा कुटु गीतबाट अवार्ड जित्छु होला। किनभने यसभन्दा अघिको अधिकांश अवार्ड समारोहमा यही गीतबाट जितिरहेको छु र यो गीतलाई धेरैले मन पराउनुभएको छ।

विधाः सर्वोत्कृष्ट छायांकन
अरुको फिल्म हेरेको छैन ः सञ्जय लामा
फिल्म ः ए मेरो हजुर २ र म यस्तो गीत गाउँछु
नोमिनेसनमा पर्ने सबैजना राम्रो सिनेम्याटोग्राफर हुनुहुन्छ। त्यहीबाट जुरीले राम्रो काम गर्नेमध्ये १ जना छान्ने हो। यदि नोमिनेसनमा पर्ने अरुले राम्रो काम गर्नुभएको रहेछ भने अरु कसैले अवार्ड जित्नुहुन्छ, नत्र मैले जित्छु। सबैजनाले आफ्नो काम राम्रो गर्न खोजेको हुन्छ। मेरो काम कस्तो छ मैले भन्दा पनि अरुले भन्नुप¥यो। मैले सबै फिल्म हेरेको छैन त्यसकारण कसले जित्छ भन्नेचाहिँ थाहा भएन।

नलेज भएन ः दीर्घ गुरुङ
फिल्म ः छक्का पञ्जा २
अवार्ड कसले जित्छ मलाई नलेज भएन। पहिले मैले २ चोटि नेसनल अवार्ड पाएको थिएँ। तर पछिल्लो समय नोमिनेसनमा परे पनि अवार्ड भने जितेको छैन। पहिले एनालग प्रविधिमा काम गर्दा १६ एमएममा सुट भएको फिल्ममा सिनेमाटोग्राफरको काम देखिन्थ्यो। तर अहिले डिजिटल प्रविधिको जमानामा सबै काम सिनेमाटोग्राफरकै हुन्छ भन्ने हँुदैन।

जुरीको हातमा छ ः पुरुषोत्तम प्रधान
फिल्म ः कृ
अवार्ड जुरीको हातमा छ। जुरीले जसलाई दिन्छ उसले पाउँछ।

जसले जिते पनि खुसी ः सुदीप बराल
फिल्म ः लिली बिली
नोमिनेसनमा पर्ने सबैको काम राम्रो छ। नोमिनेसनमा पर्नु नै विनर हुनु हो। जुरीको नजरमा जो डिर्जभिङ छ, उसैले अवार्ड पाउँछ। मैले नै जित्नुपर्छ पनि भन्दिनँ। जसले जित्नु भए पनि खुसी हुनेछु।

विधा ः सर्वोत्कृष्ट पाश्र्वगायिका
सबैको सम्भावना उत्तिकै छ ः अञ्जु पन्त
गीत ः भन्छु आज÷म यस्तो गीत गाउँछु
अवार्ड कसले पाउँछ त थाहा छैन तर खुसीलाग्दो कुरा म मेरो बहिनीहरूसँगै नोमिनेसनमा छु। कतिपय अवस्थामा म आफूलाई आएको गीतहरू पनि बहिनीहरूलाई गाउन दिन्छु। सबैको गीत एक से एक छन्। भन्छु आज बोलको गीत पनि मेलोडीको हिसाबले मिठो, सरल र सबैले बुझ्ने छ। यसकारण सबै गीतको सम्भावना उत्तिकै छ।

सबैको राम्रो छ ः बानिका प्रधान
गीत ः उड्यो मन÷ब्लाइन्ड रक्स
नोमिनेसनमा पर्ने सबैजना अवार्डको दाबेदार हुनुहुन्छ। मलाई उहाँहरू सबैको गायकी मनपर्छ। सबैको गीत राम्रो भएकाले जसले पनि जित्न सक्नुहुन्छ।

विधा ः सर्वोत्कृष्ट द्वन्द्व निर्देशक
ह्याट्रिक गर्ने रहर छ ः हिमाल केसी
फिल्म ः संरक्षण र पिंजडा ब्याक अगेन
सबैको काम आ–आफ्नो क्षेत्रमा राम्रो छ। निर्णायकले पनि आ–आफ्नो हिसाबले निर्णय गर्नुहुनेछ। एक्सन फिल्म छ भनेर एक्सन फिल्मलाई अवार्ड दिने कि जस्तो फिल्म भए पनि त्यसमा नयाँ के गर्न खोजेको छ, एक्सनमा के विशेषता छ भनेर उहाँहरूले हेर्नुहुन्छ? मैले यसपटक पनि एक्सनमा नौलो र एक्स्ट्रा काम गर्न खोजेको छु। पृथक काम गर्न खाजेको हेरेर जुरीले सही मूल्यांकन गर्नुहुनेछ भन्ने लागेको छ। दुईपटक कामना फिल्म अवार्ड जितें। यसपाली ह्याट्रिक गर्ने रहर छ। नोमिनेसनमा पर्ने कसैसँग पनि मैले कम्पिटिसनको रूपमा लिएको छैन। मैले आफूसँगै कम्पिटिसन गरिरहेको छु।

सबैलाई शुभकामना ः रोशन श्रेष्ठ
फिल्म ः छक्का पञ्जा २
अवार्ड जसले जिते पनि राम्रो काम गर्नेले जित्छ। अवार्ड उसको क्षमताअनुसार जित्छ। आ–आफ्नो काम सबैलाई राम्रो लाग्छ। जसले जिते पनि हामी सबै दाजुभाइ नै हौं, सबैलाई शुभकामना।

टुंगो छैन ः सम्राट बस्नेत
फिल्म ः ग्याङस्टार ब्लुज
अवार्ड कसले पाउँछ टुंगो छैन। फाइट पनि कुन हिसाबले जज गर्छन् भन्ने कुरामा भर पर्छ।

यसपालि आश छ ः चन्द्र पन्त
फिल्म ः कृ
अरु वर्षहरूमा भए म आफूले अवार्ड जित्छु भन्दैनथें। तर यो वर्षचाहिँ अवार्ड मैले नै पाउनुपर्ने हो जस्तो लाग्छ। किनभने कृ गतवर्षकै बेस्ट एक्सन मुभी हो। अनमोल केसीले कृमा गरेको एक्सन नेपालमै पहिलोपटक हो। अर्को कुरा यस वर्ष भएका सबै अवार्डमा मैले नै अवार्ड जितिरहेको छु, त्यसैले आशा बढी छ।

यसैले जित्नुपर्छ भन्ने
छैन ः विन्दु परियार
गीत ः पर्ख पर्ख÷मंगलम
सबैको गीत चलेका र राम्रा छन्। त्यसकारण अवार्ड जसले जित्दा पनि ठीक छ। नोमिनेसनमा परेकामा खुसी लाग्यो। अवार्ड यसैले जित्नुपर्छ भन्ने छैन।

दर्शकको हातमा छ ः मेलिना राई
गीत ः दुई रूपैयाँ÷कुटुमा कुटु
सबै गीत राम्रो भएकाले अवार्ड कसले जित्छ भन्नै सकिनँ। सबैजना सिनियर दिदीहरू नोमिनेसनमा हुनुहुन्छ। त्यसकारण कुन कसले जित्ने दर्शकको हातमा छ।

अवार्डको आशा
छ ः मीना निरौला
गीत ः रूपै मोहनी÷शत्रु गते
अञ्जु दिदीको गीत धेरै राम्रो छ। पर्ख पर्ख मायालू र कुटुमा कुटु पनि निकै रामो गीत छ। कुटुमा कुटुमा जति नभए पनि रूपै मोहनी चर्चाको हिसाबले एउटा लेभलमा आएको गीत हो। आफू नोमिनसनमा भएकाले अवार्ड जित्छु कि भन्ने आशा त हुन्छ नै। यो गीत तथा यसको शब्दले इन्डिया र नेपालमा अवार्ड पाइसकेको पनि छ। बाँकी जुरीको हातमा छ।

प्रतिक्रिया दिनुहोस्