थ्रेसरको विकल्प खोजौं



रुपन्देहीको विभिन्न स्थानमा किसानले काटेको धानमा थ्रेसर लगाउँदा गाउँ धुलाम्मे भई वातावरण नै प्रदूषित भएको खबर बाहिर आएको छ । थ्रेसरले रुपन्देही मात्रै नभएर तराईका सबैजसो क्षेत्रमा समस्या सिर्जना भएको छ । धानमा थ्रेसर लगाउँदा निस्केको धूलोले वातावरण प्रदूषित हुनुका साथै स्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ । कृषकले काटेको धान खेतमा नै थ्रेसर लगाउँदा निस्केको धूलोले मानव स्वास्थ्यमा प्रतिकूल असर परेको छ । स्थानीय बिरामी पर्नेसमेत गरेका छन् ।

थ्रेसरबाट निस्केको धूलोले ब्रोङ्काइटिस, निमोनियालगायतको स्वास्थ्य समस्या देखा पर्न सक्ने र खासगरी दमका बिरामीलाई धेरै अप्ठेरो हुन सक्ने चिकित्सकले बताउँदै आएका छन् । धूलोको कणसहितले मानिसलाई श्वास–प्रश्वासमा समेत असहज हुन्छ ।
– सुबिन आचार्य, बुटवल ।

प्रतिक्रिया दिनुहोस्