तिहारलगत्तै बढ्यो छठको उल्लास



jL/uGhsf] d’nL{rf]sdf d+unaf/ t/fO{jf;Lsf] dxfgkj{ 57sfnflu cfjZoskg]{ ;fdfgx?laqmLsf nflu /flvb} / vl/b ub}{;j{;fwf/0fx? . o;aif{sf] 57kj{ d+unaf/af6 z’? ePsf] 5 . lgs}cf:yf,>4fsf] kj{sf] ?kdflnOg] 57 z’qmaf/;Dd dgfOG5 . kmf]6f]Ms[i0fpbf; vgfn,/f;;.k;f{

कृष्ण उदास खनाल, वीरगन्ज
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्सा तथा बारा सहित तराई मधेश तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् । बाँसका डाला, नाङ्लो, ढकिया, कनसुप्ती, माटोका सामग्रीलगायत छठ पर्वमा आवश्यक नरिवल र सख्खर किनमेल गर्न स्थानीयवासी व्यस्त छन् ।

मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न सङ्घसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।

चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।

मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ । छठको महत्व पछिल्ला दिनमा बढ्दै गइरहेका कारण यो राष्ट्रिय पर्व जस्तै भइसकेको वीरगन्जका सँस्कृतबिद् डा.बिश्वम्भर शर्माले बताए । यो बर्षको छठ कात्तिक २६ गते अस्ताउँदो सूर्यलाई र २७ गते उदाउँदो सूर्यलाई अर्ध दिइ समापन गरिनेछ ।

छठका अवसरमा वीरगन्जमा अति आवश्कीय समानहरुको कारोबारमा पनि बाढोत्तरी आएको छ । वीरगन्जको घडिअर्वा पोखरी लगायतका छटियाघाटहरु दुलही झैं सिघारिएको छ । घडिअर्वा पोखरीमा यस पटकबाट सिसी क्यामरा समेत जडान गरिने भएको छ । वीरगन्जको घडिअर्वा पोखरीमा मात्रै छठका दिनमा दुई लाख श्रद्धालुहरु आउने घडिअर्वा छठ पुजा ब्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्