अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलन अर्को साता



नेपाल समाचारपत्र
काठमाडौं
ग्रामीण तथा शहरी विकास लक्षित नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आगामी साता राजधानीमा आयोजना हुँदै छ। करिब दुई दर्जन मुलुकको सहभागिता रहने सम्मेलन आगामी सोमबार शुरू हुँदै छ।

ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचजस्ता विषयमा विज्ञहरूले कार्यपत्र प्रस्तुत गर्दै छन्। तीन दिने सम्मेलनमा करिव ८० वटा कार्यपत्र प्रस्तुत हुने बताइएको छ।

सम्मेलन बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, त्रिभुवन विश्वविद्यालय, इन्जिनिरिङ अध्ययन संस्थानको सहकार्यमा आयोजना हुँदै छ। एक अर्को मुलुकमा भइरहेका अभ्यास, ज्ञान र अनुभव बाँड्न सम्मेलन उपयोगी हुने बैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज ढकालले बताउनुभयो। नेपालमा चौथोपटक यस्तो सम्मेलन हुन लागेको हो। सम्मेलनमा करिब २ सय ५० उर्जाविज्ञ सहभागी हुने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्