३७ सय लिटर अबैध घरेलु मदिरा नष्ट



नुवाकोट ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले जिल्लाको बिभिन्न ठाउबाट बरामद गरिएको ३७ सय ३५ लिटर अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।

जिल्लाको खरानीटार, देबिघाट, ढिकुरे, कोलनी, खानीगाउ लगायत ठाउमा अबैध घरेलु मदिरा बेचबिखन गर्दैगर्दा नियन्यत्रणमा लिएर नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरिक्षक भिमलाल भट्टराईले बताउनुभएको छ । अबैध घरेलु मदिराको बिक्री बितरण र सेवनका कारण समाजमा अपराधको घटनाहरु बढ्दै गएको भन्दै अबैध घरेलु मदिरालाई निरुत्साहित गरी अपराधका गतिबिधिमा न्यूनिकरण गर्न मदिरा र कच्चा पदार्थ नष्ट गरिएको डिएसपी भट्टराईले बताए ।

नजिकिदै गरेको चाडपर्वको समयमा मदिराको बिक्री बितरण ब्यापक हुने भन्दै एक महिना अगाडी देखि नै अनुगमन गरी अबैध घरेलु मदिरा नष्ट गर्न जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटहरु सक्रिय हुदै आईरहेका छन् । अबैध घरेलु मदिरा नष्ट गर्ने कार्य चाडपर्व लक्षित मात्र नभएको भन्दै डीएसपी भट्टराईले नागरिकहरुको अन्य सुरक्षाको दृटिकोणलाई मध्यनजर गर्दै बिभिन्न कार्यक्रमहरु पनि प्रहरीले गर्दै आएको बताउनुभएको छ । प्रहरीले बरामद गरेको अबैध घरेलु मदिरा र कच्चा पदार्थ करिब ४ लाख रुपैया बराबरको रहेको छ

प्रतिक्रिया दिनुहोस्