पक्राउ परेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई काठमाडौं ल्याइयो



नेपाल समाचारपत्र, काठमाडौं ।
पक्राउ परेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवालीलाई प्रहरीले काठमाडौं ल्याएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्राउ गरेर धनगडी ल्याएको थियो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनलाई अहिले धनगडीबाट काठमाडौं ल्याएको बताए ।

महाशाखाले उनलाई अब फैसला कार्यान्वयनका लागि अदालतमा पेस गर्ने छ । महानगरीय अपराध महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो । ६ करोड सम्पत्ति धितो राखेर ३ गुणा बढी कर्जा प्रवाह गरेको अभियोगमा उनको समूहमाथि प्रहरीले अनुसन्धान थालेलगत्तै देखि ज्ञवाली फरार थिए ।

०७३ असोज ४ गते उच्च अदालतले ज्ञवाली र उनकी श्रीमती गौरी खनाल ज्ञवालीलाई  बैंकिङ कसूरमा दोषी ठहर गर्दैचार बर्ष कैद र सजाय र १२ करोड ५० लाख रुपैयाँ जरिवाना सुनाएको थियो। कमसल धितोमा बढि कर्जा प्रवाह गरेको मुद्दा नेपाल राष्ट्र बैंक हुँदै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले छानविन थाले पछि ज्ञवाली फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्