कमेडी लभमा ड्रिम गर्ल



प्रेमकथामा बनेको फिल्म ड्रिम गर्ल ट्रेलरमा आएको छ। ऋषिराज आचार्यको लेखन, निर्माण र निर्देशनमा बनेको फिल्मको मंगलबार राजधानीमा आयोजित एक समारोहबीच ट्रेलर सार्वजनिक गरिएको हो।

आगामी मंसिर ७ गते अल नेपाल रिलिज हुने फिल्मको ट्रेलरमा लभ, कमेडी, लभ, एक्सन र सेन्टिमेन्ट्स मिसाइएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक ऋषिराजले पँर्ण मनोरञ्जक फिल्म बनाउएको दाबी गरे। निर्माता अर्जुन शर्माले उत्कृष्ट फिल्म बनाएकाको दाबी गरे भने नायक आकाश श्रेष्ठले आफ्ना अघिल्ला फिल्मभन्दा ड्रिम गर्ल फरक भएको दाबी गरे। नायिका आश्मा गिरीले ठँलो पर्दाको आफ्नो पहिलो फिल्म सफल हुने र यसैले फिल्म क्षेत्रमा स्थापित गर्ने विश्वास व्यक्त गरिन्। बालकलाकारका रुपमा कुशलता प्रदर्शन गर्दै आएकी आश्माको यो डेब्यु फिल्म हो।

अर्की नायिका पँजा पराजुलीले फिल्मले दर्शकलाई खुसी बनाउने विश्वास व्यक्त गरिन्। फिल्ममा आकाश, आश्मा र पँजाका साथमा सरोज खनाल, अर्जुन श्रेष्ठ, विल्सन विक्रम राई, शिशिर भण्डारी, पँजा पराजुली, निर्मल शर्मा गैंडा, लक्ष्मी गिरी, रश्मी भट्ट, सुरवीर पण्डितलगायतले प्रमुख भँमिकामा अभिनय गरेका छन्। निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर धिताल निर्माण तथा सहनिर्मातामा दक्षिण भारतको रिल एन्ड रियल सिनेमा कम्पनी रहेको फिल्म काठमाडौं र मुस्ताङ तथा थाइल्यान्डका विभिन्न स्थानमा खिचिएको छ। फिल्ममा अर्जुन पोखरेलको संगीत, गम्भीर विष्टको कोरियोग्राफी, राहुल राई र रामेश्वर हुमागाईंको छायांकन तथा नवीन निरौलाको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्