हेलिकोप्टर प्रयोगगरी जेल तोड्ने अपराधि पक्राउ



पेरिस,(एजेन्सी)
गत जुलाईमा अपहरित हेलिकोप्टरको सहयोगमा कारागारबाट भाग्न सफल फ्रेन्च अपराधि रेडोइने फाइदलाई पुन गिरफतार गरिएको बुधवार प्रहरीले जनाएको छ । फ्रान्सकै सबैभन्दा अत्यधिक खोजिको सुचिमा रहेका उनलाई राजधानी पेरिसको उत्तरी भागमा उनका भाइ र अन्य दुई पुरुषसंगै पक्राउ गरिएको बताइएको छ ।

ग्याँगस्टर फिल्मका फ्यान रहेका ४६ वर्षिय फाइदले आफुले हेरेका फिलमहरुबाटै प्रहरीको पन्जाबाट बच्ने उपाय सिकेको बताइएको छ । उनी पहिलोपटक डकैतीको आरोपमा पक्राउमा परेका थिए । १ जुलाईमा उनी निकै नाटकिय ढंगले जेलबाट भाग्न सफल भएका थिए ।

पेरिसको दक्षिण पुर्वी क्षेत्र रियुको कारागारको अतिथि कक्षमा अचानक विभिन्न हतियारले सुसजित भएर आएक तीनजना व्यत्तिले उनलाई भगाएका थिए । तिनीहरुले बन्धक बनाइएका एकजना विमान उडान प्रशिक्षकको सहयोगमा उडाइएको हेलिकोप्टरमा उनलाई लिएर गएका थिए ।

फाइद सन् २०१० मा भएके एक डकैतीमा संलग्न रहेको अभियोगमा २५ वर्ष लामो कारावास संजाय भोग्दै आइरहेका थिए । सा ेडकैती प्रयासको दौरान एकजना महिला प्रहरीको ज्यान गएको थियो । उनलाई बुधवार बिहान सवेरै क्रेइल शहरबाट पक्राउ गरिएको हो । फ्रान्सका न्यायमन्त्री निकोल बेल्लोवेटले युरोप १ रेडियोलाई भनेका छन् , ‘ अब हामी उनलाई अत्यन्त ैकढा सुरक्ष प्रवन्ध रहेका ेकारगारमा थुन्नेछौं । उनी माथि चौबिसै घन्टा कडा निगरानी राखिने छ ।

हलिवुड फिल्मको आधारमा अपराध

संयोगकै कुरा भनौं , फ्रान्स्को दोश्रो ठूलो शहर लियानको मेयर पदका लागि उम्मेदवारी दिन राष्ट्रकै सबैभन्दा वरिष्ठ कानुन कार्यान्वयन अधिकारी अर्थात गृहमन्त्री गरार्ड कोल्लोम्वले राजिनामा दिएको केहि घन्टापछि नै यिनी पक्राउमा परेका हुन् ।

गृहमन्त्रीको राजिनामालाई राष्ट्रपति इम्मान्युयल म्याक्रोनको लागि पछिल्लो धक्काको रुपमा लिइएको छ । केहि साता यता म्याक्रोनको लोकप्रियतामा ¥हास हुँदै आएके छ । तत्कालका लागि गृह मन्त्रालयका ेकार्यभार प्रधानमन्त्री इडोआर्ड फिलिप्पेले सम्हाल्ने सरकारी संचार माध्यमले जनाएके छ ।


सन् १९७२ मा क्रेइलमा जन्मेका फाइद नब्बेको दशकमा शसस्त्र डकैती र फिरौतीका लागि अपराधिक समुह खडा गरेका थिए । उनले हलिवुडका एक्सन हिरो अल पासिनोको थ्रिलर मुभि ‘ स्कारफेस ’ लगायतका अन्य मुभिबाट आफ्नो जीवन शैली र केहि आपराधिका योजना प्रभावित भएके बताएका छन् ।

उनले सन् १९९७ मा एउटा सेक्युरिटि भ्यानमा आक्रमण गर्दा ‘ हिट ’ नामक हलिवुड मुभिमा रोवर्ट डि निरोको ग्याँगले जस्तै आफ्ना सहयोगीहरुलाई आइस – हकी गोलकिपर मास्क प्रयोग गर्न लगाएका थिए । उक्त घटनापछि उनले डिभिडि मार्फत आफुले सो फिलम सयौं पटक हेरेको बताएका थिए ।

एकपटक उनले पेरिस फिल्म फेस्टिभलको दौरान यस फिलमका निर्देशक माइकल म्यानलाई उनी आफ्नो प्राविधिक सल्लाहकार भएके बताएक थिए । सन् २००९ मा पेसिरको सडकमा बितेका उनको बाल्यकाल र उनको जीवनमा व्यावसायिक अपराध प्रवेश गरेको विषयमा लेखिएको पुस्तक प्रकासित भएपछि उनी निकै चर्चामा आएका थिए ।

त्यसपछि उनी फ्रेन्च प्रहरी माझ ‘ ले एत्रmिभेँ ’ अर्थात ‘ लेखक ’ को उपनाले परिचित भएक थिए । सन् २००९ मो आफु सुधारिएको र परिवर्तन भएके दावी गरेपछि उनलाई बाँकी कैद मिनाहा गरिएको थियो । तर सन् २०११ मा जेलबाट छुट्दाका शर्तहरु उल्लंघन गरेको अभियोगमा उनलाई पुन जेल चलान गरिएको थियो ।

सन् २०१३ मा उनी उनी लिल्ले नजिकको एउटा कारागारका पाँचवटा ढोकामा विस्फोटक पदार्थ पड्काएर भाग्न सफल भएक थिए । त्यतिवेला उनले कारागारका गार्डहरुलाई पनि मानव ढाल बनाएक थिए ।सन् २०१७ मा जेल तोडेको अभियोगमा उनलाई १० वर्ष लामो कारागार संजाय सुनाइएको थियो ।

साथै तयतिवेला उनलाई सन् २०१० को डकैती काण्डलाई लिएर थप १८ वर्ष लामो संजाय पनि सुनाइएको थियो । उनले सजाय माफीका लागि दिएको अपिल रद्ध गर्दै सन् २०१८ मा अठार वर्ष लामो कारवास सुनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्