आप्रवासी समर्थक इटालियन मेयर पक्राउ



रोम,(एजेन्सी)
आप्रवासीहरुलाई समर्थन र सहयोग गरी भित्राउने कामबाट लोकप्रियता हासिल गरेका दक्षिणी इटाली शहरका मेयरलाई मंगलवार सरकारले नजरवन्दि बनाएको छ । क्यालाव्रिया शहरका मेयर डोमिनेको लुकानोलाई आप्रवासीहरुको सहजताका लागि वैवाहिक सम्बन्धको चाँजोपाँजो मिलाउने गरेको अभियोगमा हिरासतमा लिइएको बताइएको छ ।

साथै उनी माथि आवश्यक प्रक्रिया नै नपु¥याई फोहर संकल गर्ने सम्झौता कार्यान्वयन गरेको पनि अभियोग लगाइएको छ । इटालीको लोकप्रियतावादी सरकारले केहि महिना अघि मात्र कडा आप्रवास कानुन लागु गरेको थियो ।

मेयर लुकानोले सानोजनसंख्या भएको क्यालाव्रिया शहरमा आप्रवासीहरुलाई निम्ताउन ल्याएको अनौठो खालको कार्यक्रमको खवर विश्वका अखवारहरुको आकर्षण बनेको थियो । उनले ति आप्रवासीहरुको आगमनसंगै इटालीको अर्थतन्त्रम ैसुधार आउने भन्दै तिनीहरुलाई बस्नका खाली घरहरु र रोजगारको लागि आवश्यक तालिमको व्यवस्था गरिदिएका छन् ।

उनले यो कार्यक्रममा पुर्व सरकारको पालामा सन् १९९८ मा नै शुरु गरेको थियो । त्यसयता करिव २ हजार मात्र जनसंख्या भएके सो सानो शहरमा हजारौ आप्रवासी आइसकेका छन् । मेयर लुकानोको यस कार्यक्रमलाई नमुना एकताको रुपमा स्वागत गरिँदै उनलाई सन् २०१६ मा फोच्र्युन पत्रिकाले विश्वका पचास महान नेताहरुको सुचिमा समावेश गरेको थियो ।

मंगलवार इटालीको वित्तिय प्रहरीले अवैध आप्रवासलाई अवैधै ढंगले सहजिकरण गरेको अभियोगको अनुसन्धानको सिलसिलामा उनलाई पक्राउ गरेको हो । अनुसन्धानकर्ताहरुले लुकानोको एकजना महिलाको आप्रवासी समस्या सुधार्नक लागि विवाहका लागि सल्लाह दिएको फोनवार्ता टेप गरिएको बताएका छन् । तर उनी विरुद्ध गृह मन्त्रालयबाट उपलब्ध गराइएको सरकारी कोष दुरुपयोग गरेको भनी लगाइएको अभियोग भने फिर्ता लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्