बिद्युतिय बाल बग्गी प्रतिवन्धित हुने



आर्मस्र्टडम्स,(एजेन्सी)
गत महिना नेडरल्यान्डसमा एउटा रेलवेसंग ठक्कर खाएर चारजना बालबालिकाको मृत्यु भएपछि ति बालबालिकाले प्रयोग गर्ने बिद्युतिय बगगीमा तत्काल प्रतिबन्ध लगाउने पहल शुरु भएके छ । पछिल्ला केहि वर्ष यता विद्यालयहरुमा र नर्सरीहरुमा निकै लोकप्रिय अुन थालेको त्यस्ता बग्गीमा चेढेका बालबालिकालाई एटा ट्रेनले ठक्कर दिएको थियो ।

नेडरल्यान्डमा यस्ता करिव ३ हजार ५ सय वटा बाल बग्गीहरु प्रयोगमा रहेको सरकारी तथ्यांक प्राप्त भएक ेछ । यस्तो बग्गीको कारोवार गर्ने व्यक्तिले यसमाथि प्रतिवन्ध लगाइँदा आफ्नो कम्पनी न बन्द हुने गुनासो गरेका छन् ।
बालबालिकाहरु यस्ता बिद्युतिय बग्गीहरुमा रमाउँदै गइरहेको नेडरल्यान्डको जुनसुक ैभागमा पनि देख्न सकिन्छ । तिनमा बढिमा १० जना बालबालिका सिटवेल्ट बाँधेर बस्ने गरेका छन् ।

गत २० सेप्टेम्वरमा दक्षिणी ओएसएस शहरको एउटा डे केयर सेन्टरकी महिला बच्चाहरुलाई यस्तै बग्गीमा लिएर गइरहँदा बग्गी अनियन्त्रित भएर ट्रेनको क्रिसिंगमा पुग्दा दुर्घटनामा परेको थियो । उनले ब्रेक फेल भएकेले सो घटना भएके प्रहरी समक्ष बयान दिएकी थिइन् ।
सो घटनामा छ देखि आठ वर्ष उमेरका चार बालबालिकाको ज्यान गएको थियो । ड्राइभर र अर्को एक बालक नराम्ररी घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्