भीमसेनमा परी



यूबी ब्यानरमा निर्माण भइरहेको फिल्म भीमसेनमा परी शाक्य नायिकाका रूपमा देखिने भएकी छिन्। करिब २ हजारभन्दा बढी नाटक, केही म्युजिक भिडियो र आधा दर्जन फिल्ममा अभिनय तथा नृत्य प्रस्तुत गरिसकेकी परी शाक्य नाटक हुँदै फिल्मी क्षत्रमा संघर्षरत छिन्। उनीद्वारा अभिनित पछिल्लो फिल्म बन्ठे आगामी मंसिरमा प्रदर्शन हुने भएको छ।

उनी भीमसेनमा भने धनी तथा एक सोझी किशोरीकी भूमिकामा देखा पर्दै छिन्। भीमसेनमा शाक्यका अलवा राजन महर्जनको मुख्य भूमिका रहेको छ। ३० दिनको छायांकन सेड्युल रहेको यस फिल्ममा राजु किराँतीको द्वन्द्व र जयराम थापाको छायांकन रहेको छ।

लेखन तथा निर्देशन भोमन कटवालको रहेको छ भने यसलाई कला राईले निर्माण गरिरहेकी छिन्।

प्रतिक्रिया दिनुहोस्