स्थानीय र प्रहरीबीच झडप



रौतहट, (नेस)
रौतहटको गरुडा–९ श्रीपुरमा स्थानीय बासिन्दाबीच झडप भएको छ। झडप हुँदा प्रहरीले २० राउन्ड हवाई फायर गरेको छ। झडपका क्रममा केही गाउँले घाइते भएका छन्। गरुडाको बाग्मती नदीमा शव जलाउने विषयमा स्थानीय बासिन्दाबीच विवाद भई झडप भएपछि नियन्त्रणका लागि प्रहरीले हवाई फायर गरेको हो।
प्रहरीले झडप रोक्न २० राउन्डभन्दा बढी अश्रुग्यास पनि हानेको छ। झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएको छ।

प्रतिक्रिया दिनुहोस्