मृत्युलाई सुन्दर, शान्त र स्वीकार्य बनाउने वृत्तचित्र



लन्डन, (एजेन्सी)
एक वृद्ध अस्पतालको शøयामा लेटिरहेका छन्। जीवन विश्राम गर्न लागेका उनले स्वाँस्वाँ गरी श्वास फेरिरहेका छन्। उनको छेउमै राखिएको क्यामरा लगातार चलिरहेको थियो। त्यसपछि हामीले उनलाई अर्को कोठामा लगेर उनको शव विस्तारै सफा गरेको देख्यौं।
यस वृत्तचित्रका निर्माता स्टेभन इस्टवुडले भने– ‘कोही पनि मर्न चाहँदैनन्। तर मृत्यु प्राकृतिक कुरा हो। हामी शारीरिकरूपमै मर्न तयार हुनपर्छ।’ उनको आइल्यान्ड नामक यस वृत्तचित्रमा गम्भीर रोगबाट पीडित ४ जनाको मृत्युको प्रत्यक्ष दृश्य समेटिएको छ।

स्टेभन भन्छन्– ‘मृत्युलाई तुच्छ वस्तुका रूपमा हेरिन्छ। हामी प्रगतिशील समाजमा छौं भनी सोच्छौं तर हामी मृत्युलाई दमन र अस्वीकार गर्दछौं। हामी र भिक्टोरियन युगका मानिसबीच केही फरकै छैन। गत वर्ष उनले यस चलचित्र बनाउने क्रममा शुरूमा मृत्युवरण गरेका मानिसहरूको घरैमा र पछि अस्पतलामा दृश्यहरूको फिल्म खिचेका थिए।

उनी आफँले देखेको अनुभव यसरी सुनाउँछन्– ‘कसैले पनि आफ्नो काल नआओस् भनी सोच्छन्, मृत्युको सामना गर्नै नपरोस् भन्ने सोच सबैको हुन्छ। हाम्रो मरणशीलतासँग थप साक्षात्कार हुनका लागि हामीलाई मृत्युसम्बन्धी राम्रो चेतनाको आवश्यक छ। मलाई मृत्यु त्यति भयावह र पीडादायी छ जस्तो लाग्दैन।’

बेलायतको ब्राइटनस्थित ग्यालरी फ्याब्रिसियाले जीवनको अन्त्यबारे फिल्म बनाउने निर्णय गरेपछि यो वृत्तचित्र बन्न पुगेको हो। लन्डन निवासी स्टेभनको प्रस्ताव स्वीकृत भयो। उनले आइल अफ वाइटको एउटा अस्पतालबाट यसका लागि आवश्यक सहयोग पाउने पनि तय भयो।

उनी वृत्तचित्र निर्माण गर्दाको स्मरण गर्दछन्– ‘म ८० वर्षको हाराहारीमा पुगेका एलन, रोय र म्यारी तथा अर्का एक ४० वर्ष उमेरका बिरामीको निकै स्याहार गर्दथें।’

उनी हरेक दिन ५ घण्टा लामो यात्रा तय गरेर अस्पताल पुग्ने गर्दथे। साथै सो टापुमा रहेको अस्पताल पुग्न डुँगा पनि चढ्नुपथ्र्यो। उनी करिब आफ्नै उमेरका सासँ र एक अनन्य साथीको मृत्यबाट अत्यन्तै शोकाकँल भएपछि यो वृत्तचित्र बनाउन प्रेरित भएका थिए।
यसैक्रममा उनले पीडारहित स्याहा सुसारबारे धेरै जानकारी हासिल गरे। स्टेभनका अनुसार हामीले मृत्युको वास्तविकता ढिलो वा चाँडो सामना गर्नैपर्छ भन्ने सोच्नुपर्छ र यसलाई नियमित जीवनको एक अंशका रूपमा लिने हो भने यो कम भयावह हुनेछ।

उनी भन्छन्– ‘मेरो विचारमा हाम्रो कोही पनि मनपर्ने व्यक्तिको मृत्यु हुँदा उनको अस्तित्वलाई लिएर हामीमा डर पैदा हुन्छ। त्यस्तोेबला निकै भाववि≈वल हुन पुगिन्छ। मर्ने व्यक्तिका हरेक सम्झना झलझली याद आउन थाल्छन्। कुनै पनि हालतमा ती यादलाई नजरअन्दाज गर्न सकिन्न।’

उनले आफ्नो वृत्तचित्र बनाउन निकै सहयोग पु¥याउने अस्पतलाका डाक्टर, नर्स तथा अन्य कर्मचारीलाई धन्यवाद दिएका छन्। जीवनको उत्तरार्धमा पुगेका मानिसको चित्त बुझाएर सेवा गर्नु ठँलो धर्मसमेत भएको उनको सोचाइ छ।

स्टेभनले आफ्नो कामको सफलतालाई यसरी सम्झेका छन्– ‘एकदिन एकजना अपरिचित व्यक्तिले मकहाँ आएर त्यो वृत्तचित्र हेरेपछि आफँलाई भावी मृत्युदेखि डर लाग्न छोडेको बताए। हाम्रो जीवनमा घट्ने घटनालाई शान्तिपँर्वक हुन दिनु पनि राम्रो कुरा हो।’
क्यान्सरका कारण मृत्युुवरण गरेका एलनका बारे रोचक प्रसंग उनी यसरी बताउँछन्– ‘१६ वर्षको उमेरदेखि नै एलन चेन स्मोकर बनेका थिए। अस्पतालमा पनि नर्सले उनलाई चुरोट बाल्नमा मद्दत गर्ने गरेकी थिइन्।

तर आश्चर्यको कुरा के हो भने उनलाई धँमपानसँग सम्बन्धित क्यान्सर भएको थिएन। उनलाई नमरुन्जेल चुरोट पिलाएर उपचार एवं स्याहार सुसार गर्नु नै त्यस अस्पतालको विशेषता रहेछ।

डाक्टरका अनुसार यदि उनलाइ चुरोट नपिलाइएको भए धेरै समयअघि नै उनको मृत्यु भइसक्थ्यो। उनी चुरोट पिउनकै लागि बाँचिरहेका थिए। एलन आफैले मलाई आफ्नो अन्तिम क्षणको फिल्म खिच्न आग्रह गरेका थिए। उनको मृत्युको पल लामो, शान्त र सुन्दर थियो। उनी मृत्युका लागि तयार थिए। मलाई उनको मृत्युमा दुःख लागेन।
हेलेन बुश, मनोरञ्जन तथा कला पत्रकार, बीबीसी

प्रतिक्रिया दिनुहोस्