उत्तर र दक्षिण कोरियाबिच सम्पर्क कार्यालय खुल्ने



सोल,(एजेन्सी)
उत्तर र दक्षिण कोरियाले कोरियाली युद्ध समाप्त भए यता पहिलो पटक द्विपक्षिय सम्पर्क कार्यालय खोलेका छन् । अब यि दुवै मुलुकले नियमित रुपमा एक अर्कासंग संचार स्थापना गर्न सक्नेछन् ।

 

उत्तर कोरियाको सेना तैनाथ गरिएको सिमा क्षेत्रमा खोलिने यस कार्यालयमा दुवै मुलुकका बिस बिस जना कर्मचारी रहने व्यवस्था गरिन लागेको शुक्रवार दक्षिण कोरियाको संचार माध्यमले जनाएको छ ।

सोलका एकिकरण मन्त्री चो म्योंग ग्योनले अब कोरियालीहरुले ३ सय ६५ दिन र २४ सै घन्टा आपसी विषमा छलफल गर्न सक्ने बताएक छन् । उत्तर र दक्षिण कोरियालीबिचका ेअर्को भेटवार्ता कार्यक्रम हुनु अघि नै यो कार्यालय खोलिने बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इन र उत्तरका सर्वोच्च नेता किम जोंग उनबिच आगामी साता प्योंगयांगमा तेश्रो चरणको शिखर वार्ता हुन गइरहेको छ । गत जुन १२ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र किमबिच ऐतिहासिक वार्ता भए यता उत्तर कोरियाली निशस्त्रीकरण कार्य थोरै प्रगति भएके छ । हालै मात्र किमले ट्रम्पसंग अर्को चरणको वार्ताका लागि अनुरोध गर्दै पत्र लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्