विकास भन्दा विनास धेरै



महेश न्यौपाने, रोल्पा ।
जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढा २ दिनको यात्रा पछि घर्तीगाउँवाट लिवाङ आईपुगे । २ घण्टाको दुरीमा आवतजावत हुने सो सडकमा यस पटकको यात्रा भने निकै पट्यार लाग्दो भयो । २ घण्टाको यात्रा २ दिन लाग्नुको कारण थियो अवस्थीत खनिएका सडक र तीनको अस्तव्यस्तता । नयाँ ट्याक खोलिएका सडकका कारण पुराना सडक समेत अवरुद्ध हुदा प्रमुख वुढाको यात्रा प्रभावित हुन पुग्यो ।

२ दिन पैदल यात्रा पछि थवाङवाट लिवाङ आईपुगेका थवाङ गाउँपालिका अध्यक्ष वीरवहादुर घर्तीलाई वाटामा गएको पहिरो र रुख हटाउनमै हैरानी भयो । वाटामा खसेका ठूल ठूला ढिस्का र रुखले ठूलै हैरानीको अनुभव भयो । रोल्पा जिल्लामा विकासको नाममा देखिएका विनासका सृखला हुन यी । योजना विहिन ढंगले आफुखुसी खनिएका सडकले जिल्लामा विनासका ठूलठूला घटना निम्त्याई रहेका छन ।


यसै वर्षको आषाढ र साउन महिनामा जिल्लामा पहिरोका ठूल ठूला घटना घटे । रुन्टीगढी गाउँपालिकाको सखीमा पहिराले १ घर पुरिदा सुत्केरी महिला सहित ३ जनाको ज्यान गएको थियो । सुलिल स्मृती गाउँपालिका ७ अरेशमा भएको अर्को घटनामा गोठ पहिरोले पुरिदा गोठमा सुतिरहेका ३ जनाले ज्यान गुमाएका थिए । सदरकामम लिवाङमा एक गोठ पहिराले पुरिदा घर पूर्ण रुपमा क्षतीग्रस्त हुनुको साथै वाख्रा पुरिएर मरेका थिए । रोल्पा नगरपालिका १० धवाङमा गएको पहिरोमा परि १ विद्यालयमा क्षती पुग्दा विद्यालय वन्द गर्ने अवस्था सिर्जना भएको थियो ।

यी घटना मध्ये अधिकांश घटना संग सडक जोडिएका छन । अव्यवस्थीत ढंगले निर्माण गरिएका सडकका कारण पहिरोको प्रकोप वढ्दै गएको वताईन्छ । स्काभेटर प्रयोग गरेर सडक निर्माण गर्दा ठाडो जमिनमा छिटै पहिरो जाने जानकारहरु वताउछन । जिल्लामा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारवाट समेत वजेट ल्याई सडकमा खर्च गरेको देखिन्छ । पुष्पकमल दाहालको सरकारमा अर्थमन्त्री रहेका कृष्णवहादुर महराले वितरण गरेको करिव २ अरव वजेट करिव सवै सडकमा खर्च गरिएको थियो । वर्षको अन्ततिर वजेट आएकाले वातावरणीय प्रभाव मूल्यांकन र ईन्जिनियरीङ विना नै सडक खनिएका कारण अहिले नकारात्मक प्रभाव देखिन थालेको वताईन्छ ।

रोल्पाका सवै स्थानीय सरकारको प्राथमिकतामा सडक परे पनि अधिकांश सडक मापदण्ड अनुसार नहुदा धनजनको क्षती हुदै आएको छ । उपभोक्ता समितिले आफु खुसी सडक निर्माण गर्ने प्रवृद्धीले जिल्लामा निर्माण भएका मध्ये अधिकांश सडक गुणस्तरीय छैनन । गाउँ जोड्ने नाममा डोजर आतंक वन्द नहुदा सम्म सवारी दुर्घटना नियन्त्रण तथा भूक्षय न्यूनिकरण समेत हुन नसक्ने नेपाल निर्माण व्यवासयी संघ रोल्पाका अध्यक्ष मानवहादुर खत्रीले वताए । सडकको सडक संजाल प्रायः सवै वडा सम्म पुगे पनि वातावरणीय प्रभाव मूल्यांकन विना वनाईएका कारण प्राकृतिक प्रकोपको खतरा रहेको अध्यक्ष खत्रीको भनाई छ ।

हाल ट्याक खोलिएका समेत गरि जिल्लामा ४४७ किलो मिटर सडक निर्माण गरिएको जिल्ला समन्वय समिति रोल्पाको अभिलेखमा उल्लेछ । ती सडक मध्ये अधिकांश हिउदे सडकमा रुपमा देखिएका छन । वर्षातमा पहिरोका कारण यातायात अवरुद्ध हुने गरेको छ । पक्की सडकको रुपमा प्यूठान र रोल्पाको सिमाना चतुरभुज देखी सिमलवाङ सडक र होलेरी खुम्वास सडक गरि जम्मा ४८ किलो मिटर मात्रै ओटासिल गरिएको छ । पक्की सडक वाहेक अन्य सवै सडक वाह्रै महिना संचालन गर्न सकिदैन । जिल्लामा रहेका राष्ट्रिय र रणनैतिक सडक मात्र वाह्रै महिना चल्ने गर्दछन । गाउँ गाउँसम्म पुग्ने सवै जसो सडक तोकिएको मापदण्ड नभएका कारण सवारी दुर्घटना समेत वढिरहेको वताइएको छ ।


डोजरको प्रयोग गरि जथाभावी खनिएका सडकमा वर्षातको समयमा पहिरो खस्ने गरेको छ । धेरै स्थानमा पहिरो खसेकाले सडक अवरुद्ध हुदा आवतजावतमा सास्ती हुने गरको छ । डोजर प्रयोगले सडक थर्किएर दायावाँयाको भाग कमजोर हुदा सानो वर्षाले समेत प्रभावित हुने गर्दछ । जिल्लामा निर्माण गरिएका कुनै पनि सडकको वातावरणीय प्रभाव मूल्यांकन गरिएको छैन । वातावरणीय प्रभाव मूल्यांकन गर्दा निकै लामो समय लाग्ने भएकाले अधिकांश सडक त्यतिकै खनिएका छन जिल्ला प्राविधिक कार्यालय रोल्पाका एक प्राविधिकले भने ।

अराजक ढंगले वाटो खनिएका कारण मलिलो माटो वग्नुका साथै भूस्खलन वढेको जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजवहादुर वुढाले वताए । वन विनासको हिसाव किताव छैन, खोलाहरु उराठ लाग्दा वगर भएका छन, पानीका मुहानमा समेत असर गरेको छ प्रमुख वुढाले भने । गाउँहरु चिराचिरा भएकाले जमिन भन्दा वाटाहरु धेरै देखिन थालेको वुढाको भनाई छ ।

योजना विहिन ढंगले विकासको नाममा अनावश्यक वाटाहरु खनिएको रोल्पा नगरपालिकाका उप प्रमुख मनकुमारी घर्तीमगरको भनाई छ । एउटै वस्तीमा ३÷४ वटा वाटाहरु खनिए पनि वाटाहरु प्रयोगमा छैनन घर्तीले भनिन । विकासको गलत ढंगले प्रयोग भइरहदा यसले भविष्यमा निम्त्याउने अनिष्ठको कल्पना समेत गर्न सकिदैन उप प्रमख घर्तीले चिन्ता व्यक्त गरिन ।

 

 

 

प्रतिक्रिया दिनुहोस्