लोप हुँदै पानी घट्ट



डोटी, (नेस)
डोटी जिल्लामा रैथाने पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन । जिल्लामा रैथाने प्रवृत्तिको रूपमा रहेको पानी घट्न अहिले लोप हुने अवस्थामा पुगेको छ । पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले बिधुतिय मेसिन बाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि रैथाने पानी घट्ट लोपहुने अवस्थामा पुगेको स्थानिय पुर्णबहादुर बिष्टले बताउनु भयो ।

पहिले चामल, धान, गहुँ, मकैलगायतका अन्नबालि पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो । तर स्थानीय उद्योगको रूपमा परिचित पानी घट्ट अहिले लोपहुने अवस्थामा पुग्दा आफुले संञ्चालन गर्दै आएको पानी घट्टा अहिले अन्नबाली पिसानि गर्न पहिलेको भन्दा निकै कम आउने गरेको जोरायल गाउपालिका ५का स्थानिय रुपसिंह विष्टले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्