दरले निम्त्याएको संकट, ५ सय ४५ लाई पुर्यायो अस्पताल



मोतीराम तिमल्सिना, काभ्रे
महिला र सिमान्तृकत समुदायको शशक्तिकरणका लागि दशक अघि स्थापना गरिएको ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारी पाँचखाल नगरपालिका १२ कास्कोटेमा आयोजना गरिएको तीज कार्यक्रममा दर खाएका सर्वसाधारणहरु एकाएक विरामी परे । दर खाएका मध्ये ५ सय ४५ जनालाई अस्पताल पु¥यायो । केहि सामान्य उपचार पछि घर फर्किए । केहि अझै अस्पतालमा उपचारार्थ छन् । केहिले उक्त दर खाएर पनि स्वस्छ नै छन् ।

पुर्व जनप्रतिनिधी तथा वर्तमान जनप्रतिनिधीहरु समाज सेवाका अगुवा हुन् । भैरव सेढाई समाजका प्रतिष्ठित ब्यक्ति हुन् । जसले दनुवार समुदायको आर्थिक उन्नतीका लागि लामो समय देखि संघर्ष गरिरहेका छन् । त्यहि संस्थाका अध्यक्ष छन् उनी दशौ सभाबाट अघिल्लो वर्ष देखि उनी अध्यक्षको पदमा कृयाशिल भईरहेका छन् । वर्तमान प्रदेश सभा सांसद गोमा भुर्तेल पनि संचालक सदस्य हुन् । ७ सय ५८ शेयर सदस्य छन् । बालबालिकाहरुको संख्या पनि त्यतिकै छ । बाल बचतकर्ताहरुको क्षमता अभिबृद्धी र बचत गर्न प्रेरणा दिने खालका कार्यक्रमहरु आयोजना भईरहेका छन् ।


गत वर्ष देखि महिला शशक्तिकरणका लागि तीज कार्यक्रमलाई चाडकै रुपमा मनाउने सदस्यहरुको प्रस्तावलाई संचालक सदस्यहरुले नकार्न सकेनन् । टोल, समाज, घर सबै तिर तीज विशेष कार्यक्रम हुन थालेपछि सहकारीले अघिल्लो वर्ष तीजको कार्यक्रम आयोजना ग¥यो ।

यो वर्ष पनि उप समिति नै गठन गरी तीज कार्यक्रमको आयोजना गर्ने निर्णय ग¥यो । संचालक सदस्य सांसद गोमा भुर्तेल प्रमुख अतिथी, संचालक सदस्य सिता दनुवार आयोजक समितिको संयोजक, शेयर सदस्य पवित्रा भुर्तेद संचालक, राष्ट्रिय सहकारी बैक बनेपाका प्रमुख सिता भट्टराई विशेष अतिथी रहने गरी भाद्र २२ गते कार्यक्रम आयोजना गर्ने निर्णय भयो । असोज २० गते ११ औ साधारण सभा आयोजना गरिएको थियो ।

सहकारीले उप समिति नै गठन गरी कार्यक्रम गर्ने जिम्मेवारी दिएपछि उप समितिले तयारी तिब्र बनायो । गर्मी ठाउँ, सदस्यहरुको सहभागितालाई उल्लासपूर्ण बनाउन पुलाउ खुवाउने योजना बन्यो । आलु काउली तरकारी, पुलाउ, पनिर केराउ अचार तयारी गरियो । उक्त स्थानमा खानेपानीमा सरसफाई गरिएको छ ।

विभिन्न संघ संस्थाहरुले खानेपानीको सरसफाईमा लगानी गरेका छन् । शुक्रबारको दिन कार्यक्रम स्थल खुल्ला र गाउँकै बीचमा भएकाले सहभागिता धेरै बढ्यो । विद्यालयबाट छुटेका विद्यार्थीहरु पनि सहभागि भए । सबैले शंका गरेको केराउ र पनिरमा हो । पनिर र केराउमा प्रयोग गरिएका सामाग्री अखाद्य छन् कि ? तीज कार्यक्रमको मुख्य उदेश्य शशक्तिकरण थियो । शशक्तिकरणको सकारात्मक पाटोलाई पुरै गाउँ विरामी भएपछि नकारात्मक सन्देश गएको छ ।

कतै कतै तीजका नाममा गलत अभ्यास भएका छन् । सहकारीले सदस्यहरुको जागरण र महिला तथा सिमान्तकृत समुदायको शशक्तिकरणका लागि गरिएको प्रयासमा भएको सामान्य त्रुटीले निम्त्याएको विपदले धेरै कुराहरु उब्जाएका छन् । ५ सय ४५ विरामी अस्पताल भर्ना भएर उपचार गराएका छन् भने केहि अझै अस्पतालमा उपचारार्थ छन् । संस्थाका अध्यक्ष सेढाई, संचालक सदस्य सांसद गोमा भुर्तेल पनि अस्पतालमै छिन् । संचालक पवित्रा भुर्तेल र उनका बाबु शिव भुर्तेल पनि अस्पतालमा भर्ना भएका छन् । सहकारीले नमोबुद्ध ३ साविक मेथिन्कोट, पाँचखाल नगरपालिका ७,८,९,१०,११, १२ र १३ वडाका होक्से, खरेलथोक, बालुवा, कोशिदेखा लगायतका क्षेत्रमा सेवा प्रदान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्