पाकिस्तान: आर्थिक छलफल



इस्लामावाद,(एजेन्सी)
चिनिया र पाकिस्तानी विदेशमन्त्रीबीच चीन र पाकिस्तानबिचको आर्थिक मार्ग (सीपिइसी)बारे शनिवार छलफल भएको पाकिस्तानी अधिकारीहरले बताएका छन् ।

चीनका विदेश मन्त्री वांग यि र उनका पाकिस्तानी समकक्षी शाह मेहमुद कुरेसीबीच राजधानी इस्लामावादमा सीपिइसीबारे द्विपक्षिय वार्ता भएको पाकिस्तानले जनाएको छ । वार्तामा आर्थिक मार्गसँगै बेइजिंग र स्लामावादबीचको आपसी चासोका बिषयमा पनि छलफल भएको बताइएको छ ।

पाकिस्तानका वैदेशिक कार्यालयका प्रवक्ता मुहम्मद फैसलले चिनियाँ विदेशमन्त्री वांगले पाकिस्तानको सामाजिक, आर्थिक तथा विकास पूर्वाधारका कार्यक्रमप्रति दरिलो समर्थन रहने बताएको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्