लिबर्टी कलेज



ग्लोबल कलेज अफ म्यानेजमेन्टको स्वामित्व तथा युनिग्लोब कलेजको व्यवस्थापनमा संचालित लिवर्टी कलेज पोखरा विद्यालयबाट सम्बन्धन प्राप्त एक उत्कृष्ट व्यवस्थापन कलेज हो । \

यस कलेजमा विविए तथा विएचएम कार्यक्रमहरु विहानी तथा दिवा सत्रमा संचालित छन् । शैक्षिक क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त व्यक्तित्वहरुद्वारा संचालनमा रहेको यस कलेजको स्थापना सन् २००९ मा भएको हो । व्यवस्थापन तथा हस्पिटालिटीको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको ख्याति प्राप्त एक उत्कृष्ट शिक्षण संस्थाको रुपमा आफुलाई स्थापित गर्नु यस कलेजको दीर्घकालीन लक्ष्य रहेको छ ।

यस कलेजको मुख्य उद्देश्य भनेको चार बर्षे विविए तथा विएचएम कार्यक्रमहरुद्वारा देशका विभिन्न क्षेत्रमा सेवा पुर्याउन सक्षम मध्यम स्तरीय व्यवस्थापकहरु उत्पादन गर्नु रहेको छ ।

विविए तथा विएचएम कार्यक्रम संचालनमा यस कलेजको स्थान राष्ट्रियस्तरमै उच्च रहेको छ । यो उपलब्धी यहाँ अध्ययनरत विद्यार्थी तथा कलेज व्यवस्थापनको अथक मिहेनतबाट संभव भएको हो । यस कलेजमा निर्मित होटल व्यबस्थापन प्रयोगशाला शहरकै उत्कृष्ट प्रयोगशालाको रुपमा रहेबाट यस कलेजले होटल व्यवस्थापनमा व्यावहारिक तथा प्रयोगात्मक सीपको महत्वलाई उच्च प्राथमिकतामा राखेको प्रष्ट हुन्छ । त्यसैले यो कलेजमा पढ्ने विद्यार्थीको संख्या बढ्दै गएको छ ।

कलेजले नियमित सैद्धान्तिक तथा प्रयोगात्मक कक्षाहरुको अलावा खाना महोत्सव (फुड फेस्टिबल),फुड टेष्टिङ्ग,सेफ कम्पिटिसन, वाइन टेष्टिङ्ग मिक्सोलोजी लगायतका विषयमा अतिरिक्त क्रियाकलाप संचालन हुदै आएको छ । यस बाहेक विद्यार्थीहरुमा व्यवस्थापकीय, नेतृत्वदायी तथा रोजगारमूलक सीप विकासमा सहयोग पुर्याउन विभिन्न प्रतिष्पर्धात्मक क्रियाकलापहरु पनि यस कलेजले संचालन गर्दै आएको छ ।

 

म्यानेजमेन्ट फेस्ट अन्तर्गत,९० सेकेण्ड योजना प्रस्तुती,उद्यमशिलता ,व्यावसायिक योजना विकास, कला , हाजिरी जवाफ ,केस स्टडी,प्रस्तुतीकरण, वादविवाद, श्रव्य दृष्य विज्ञापन निर्माण ,ब्राण्ड पहिचान ,रोमाञ्चक विज्ञापन र वक्तृत्वकला प्रतियोगिता संचालन गर्दै आएको छ । कलेजले गेष्टलेक्चर, समुहकार्य, परियोजना कार्य, इभेण्ट व्यवस्थापन, खेलकुद सप्ताह, लिबर्टी कप फुटबल, लिबर्टी फ्राइडे, लिबर्टी डे अविभावक दिवस, दीक्षान्त समारोह, इन्टर्नसिप, कार्यस्थलपदस्थापन, लेखा÷वित्त÷व्यवस्थापन सम्बन्धी तालिम लगायत अतिरिक्त क्रियाकलाप गर्ने गरेको छ ।

 

कलेजमा भव्य तथा आकर्षक भवन , अत्याधुनिक कम्प्युटर प्रयोगशाला, अत्याधुनिक होटल व्यवस्थापन प्रयोगशाला, अत्याधुनिक, श्रव्य दृष्य शिक्षण सामग्री सहितका सुविधाजनक कक्षाकोठाहरु,व्यवस्थित पुस्तकालय, सर्वसुलभ तथा स्वस्थकर चमेनागृह, अध्ययनकक्ष, सभाकक्ष, प्रयाप्त छात्रवृत्तिको व्यवस्था र विदेशी विशेषज्ञहरुद्वारा अध्यापन गर्ने व्यवस्था रहेको छ । कलेजले चार वर्षे अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई हरेक वर्ष प्रमाणपत्र वितरण सहित विदाई गर्ने गरिएको छ ।

 

कार्यक्रममा सर्वाधिक अनुशासित व्यक्तित्व, प्रभावशाली नेतृत्व, सर्वाधिक गतिशिल व्यक्तित्व, उत्कृष्ट पुरुष व्यक्तित्व, उत्कृष्ट महिला व्यक्तित्व, सर्वाधिक सहयोगी विद्यार्थी अतिरिक्त र शिक्षा तर्फ सर्वाधिक स्थिर विद्यार्थी, सर्वाधिक प्रगतिशिल विद्याथी र ब्याच प्रथम विद्यार्थी लाई ट्रफि, प्रमाणपत्र तथा नगद पुरुस्कार द्वारा विभुषित हुने गरेका छन् ।

 

 

यस कलेजले नियमित रुपमै विभिन्न क्षेत्रमा कार्यरत तथा ख्याति प्राप्त व्यक्तिहरुबाट कलेज परिसर तथा बाह्य स्थानहरुमा अतिरिक्त कक्षा तथा तालिमहरु संचालन गर्दै आएको छ । विद्यार्थीहरुको अनुसन्धानमूलक क्षमता अभिबृद्धिका लागि भारत लगायत विभिन्न मुलुकहरुमा आयोजना हुने अनुसन्धान कार्य सँग सम्बन्धित अन्तर्राष्ट्रिय गोष्ठी तथा सेमिनारहरुमा समेत सहभागिता गराइने गरिएको छ ।

 

यस कलेजले आगामी दिनहरुमा विशेषीकृत ऐच्छिक विषयहरुको अध्यापनका लागि विदेशी विशेषज्ञहरुको व्यवस्था गर्ने योजना बनाई रहेको कलेजका सह प्राचार्य दिपकर थापाले बताउनुभयो ।उहाले विद्यार्थी, शिक्षक, अविभावक तथा व्यवस्थापक गरी चार पक्षहरुको संयुक्त सहकार्यद्वारा यस कलेज शैक्षिक क्षेत्रमा एक जीवन्त शिक्षण संस्थाको रुपमा स्थापित हुन सफल रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्