खोटो बिक्रीबाट बर्षेनी करोडौ आमदानी



vf]6f] ;ªsng vf]6fªsf] blIf0fL uflj; ;fjfs6x/]df dfkb08ljk/Lt vf]6f] ;ªsng ul/Fbf ;Nnfsf ?v ;’Sb} uPsf] 5 . tl:a/ M s]bf/ du/, vf]6fª, /f;;

महेश न्यौपाने, रोल्पा ।
रोल्पाका सामुदायिक वन उपभोक्ता समूहले खोटो विक्रीबाट वर्षेनी करोडौ आमदानी गर्ने गरेका छन । गएको एक वर्षमा मात्र ती सामुदायिक बनले २ करोड ३९ लाख ८६ हजार ४६५ रुपैयाँ आमदानी गरेका थिए ।
जिल्लामा रहेका ६३७ सामुदायिक वन मध्ये अघिल्लो वर्ष १९१ सामुदायिक वनले २३ लाख ९८ हजार ६४६ केजी खोटो विक्री गरेका थिए । खोटो विक्रीवाट सामुदायिक वनका अतिरिक्त स्थानीय सरकार र नेपाल सरकारलाई समेत आमदानी हुने गरेको छ । सामुदायिक वनको खातामा गएको रकम वाहेक खोटो निकासी वापत जिल्लामा कार्यरत ६ वटा खोटो कम्पनीले जिल्ला विकास समितिमा प्रति किलो ८० पैसाका दरले ३१ लाख १८ हजार २४२ रुपैयाँ जम्मा गरेका थिए । यसैगरि मूल्य अभिवृद्धी कर वापत सरकारी कोषमा १९ लाख १८ हजार ९१७ रुपैयाँ जम्मा भएको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । विगतमा जिल्ला विकास समितिलाई उपलव्ध गराएको स्थानीय कर अव स्थानीय तहलाई वुझाउने वताइएको छ ।

जिल्लाको मुख्य वन पैदावरको रुपमा रहेको खोटे सल्ला वाट विभिन्न प्रविधि प्रयोग गरि निकालिने खोटो संकलनमा मौसमी रोजगारी समेत सिर्जना हुने गरेको छ । खोटो निकाल्ने मजदुर, ढुवानीकर्ता र सुपरभाईजर गरि जिल्लामा सयौंलाई रोजगारी दिईरहेको खोटो कम्पनीले दावि गरेका छन । खोटो विक्री वितरणवापत सामुदायिक वनले प्राप्त गर्ने सो रकमवाट विद्यालय संचालन तथा अन्य सामुदायिक विकासमा खर्च गर्ने गरेको देखिएको छ । वन विकास मार्गदर्शनको प्रावधान अनुसार वार्षिक आमदानीको कम्तिमा २५ प्रतिशत वन विकास कार्यमा खर्च गर्ने गरि सामुदायिक वनलाई निर्देशन गरेका छौ जिल्ला वन कार्यालय रोल्पाका कार्यालय प्रमुख मोहनप्रसाद श्रेष्ठले भने । वनवाट प्राप्त आमदानीलाई वन विकास, गरिवी निवारण र सामुदायिक विकासको निदिष्ट काममा खर्च गर्न सहजीकरण गरिएको छ श्रेष्ठले भने ।

जिल्लाका अधिकांश विद्यालय संचालनको श्रोत सामुदायिक वन भएका छन सामुदायिक वन उपभोक्ता महासंघ रोल्पाका अध्यक्ष मनसिं डाँगीले भने । कतिपय सामुदायिक वन विद्यालय संचालन गर्ने उद्धेश्यले हस्तान्तरण गरेको देखियो अध्यक्ष डाँगीले भने । वन विकास मार्गर्दशन तथा संवन्धित सामुदायिक वन उपभोक्ता समूहको विधानले निर्दिष्ट गरेको प्रावधान अनुसार खर्च गर्न सचेत गराएका छौ डाँगीले भने । सरकारले विकास पूर्वाधार र शिक्षा प्रति गर्ने सौतेनी व्यवहारका कारण रोल्पाका सामुदायिक वनको आमदानी त्यता खर्च गर्ने वाध्यता रहेको डाँगीको भनाई छ ।

जिल्लामा गत आषाढ मसान्त सम्म ६३७ वटा सामुदायिक वन स्थानीय समुदायलाई हस्तन्तरण गरि सकिएको जिल्ला वन कार्यालय रोल्पाले जनाएको छ । संभाव्य सामुदायिक वन ६४ हजार ४१८ हेक्टर मध्ये हाल सम्म ५० हजार ६१२ हेक्टर राष्ट्रिय वन सामुदायलाई हस्तान्तरण गरि सकिएको जिल्ला वन कार्यालय रोल्पाले वताएको छ ।

प्रतिक्रिया दिनुहोस्