यहि हाे धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यति एयरलायन्सको चार्टर विमान



काठमाडौं । अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा धसिएको यति एयरलायन्सको चार्टर विमानलाई शसस्त्र प्रहरीको धावनमार्ग हुँदै सुरक्षित स्थानमा पुर्याउन सफल भएको छ  । नेपालगञ्जबाट काठमाडौको लागि उडेको जेट स्टिम यति एयररलायन्सको चार्टर विमान हिजो बेलुका करिब साँढे आठ बजे कोटेश्वरतर्फबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर वायाँतर्फको घाँसे मैदानमा धसिन पुगेको थियो । जहाजमा सवार चालक दलका ३ सदस्य तथा २१ जना यात्रुहरु सबै सकुशल रहेका छन् ।

उक्त दुर्घटनापछि आइतबार बिहान करिब साँढे ३ बजे सशस्त्र प्रहरी नायव उपरीक्षक ओजेश वलीको कमाण्डमा सशस्त्र प्रहरी निरीक्षकद्वय मिनराज भट्ट र भवराज कटवालको छुट्टैछुट्टै विपद उद्धार टोली उद्वार कार्यको लागि खटिएको थियो ।     विहान साँढे ७ बजे उक्त जहाजलाई धसिएको घाँसे मैदानबाट धावनमार्ग हुँदै त्यहाँबाट हटाउन सफल भएको सशस्त्र प्रहरी नायव उपरीक्षक  अजय छतकुलीले बताएका छन् । तस्विर, सौजन्यः सशस्त्र प्रहरी

प्रतिक्रिया दिनुहोस्