आयात दोब्बरले बढ्यो, एक महिनामै १ खर्ब १४ अर्ब व्यापारघाटा



हेमन्त जोशी, काठमाडौंं

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालँ आर्थिक वर्षको सोही अवधिमा मुलृुकले गरेको कुल वैदेशिक व्यापारमा आयातको अनुपात झण्डै दोब्बरले बढेको छ । सो अवधिमा भएको उच्च आयातका तुलनामा निर्यात निकै कम देखिएपछि व्यापारघाटा चुलिएको देखिएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालँ आर्थिक वर्षको साउन महिनामा मात्र १ खर्ब २० अर्ब ७१ करोड १ लाख ५३ हजार रुपियाँ बराबरको आयात भएको छ । यस अवधिमा ६ अर्ब ९२ करोड १५ लाख ६ हजार रुपियाँ बराबरको निर्यात भएको छ । गत आर्थिक वर्ष २०७४÷७५ को सोही अवधिमा कुल आयात ७६ अर्ब ७३ करोड ६० लाख ७३ हजार रुपियाँ बराबर र कुल निर्यात ६ अर्ब ७० करोड ७७ लाख ९५ हजार रुपियाँ बराबरको भएको थियो ।

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षको पहिलो एक महिनामा आयात ५७ दशमलव १८ प्रतिशतले बढेको छ भने निर्यात ३ दशमलव १९ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा मात्र ७० अर्ब २ करोड ८२ लाख रुपियाँ बराबरको व्यापारघाटा व्यहोरेको मुलुकले चालँ आर्थिक वर्षको सोही अवधिमा १ खर्ब १३ अर्ब ६८ करोड ८६ लाख रुपियाँ बराबर व्यापारघाटा व्यहोरेको छ । गत आर्थिक वर्षको तुलनामा व्यापारघाटा ६२ दशमलव ३५ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको साउन महिनामा बाढी तथा डुवानका कारण तराईका जिल्लामा रहेका केही भन्सार बिन्दँहरुमा आयात, निर्यात प्रभावित भएकाले गत वर्ष प्रत्येक महिना औसतमा करिब १ खर्ब रुपियाँ बराबरकाको आयात हुँदा साउन महिनामा जम्मा ७६ अर्ब रुपियाँ बराबरको आयात भएको थियो । जसले गर्दा यो महिनाको आयातको वृद्धिदर समग्रमा उच्च देखिएको भन्सार विभागले जनाएको छ ।

विभागको तथ्यांकअनुसार साउन महिनाभर कुल १ खर्ब २७ अर्ब ५३ करोड १६ लाख ६० हजार रुपियाँ बराबरको वैदेशिक व्यापारमा आयातको अनुपात ९४ दशमलव ६ प्रतिशत र निर्यातको अनुपात ५ दशमलव ४ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा आयात निर्यातको अनुपात क्रमशः ९२ प्रतिशत र ८ प्रतिशत रहेको थियो । समग्र गत वर्षको तुलनामा समीक्षा अवधिमा कुल वैदेशिक व्यापारमा निर्यातको अनुपात ३२ दशमलव ४५ अंकले घटेकोे छ भने कुल निर्यातको अनुपात २ दशमलव ८४ प्रतिशतले बढेको छ ।

 

गत अार्थिक वर्षको साउन महिनामा हवाईजहाज तथा पाटपूर्जा १ अर्ब ४४ करोड रुपियाँ बराबरको आयात भएकोमा चालू आर्थिक वर्षको सोही अवधिमा १३ अर्ब ३० करोड रुपियाँ बराबरको आयात भएको ।

त्यसैगरी गत आर्थिक वर्षको पहिलो एक महिना अवधिमा मात्र सबै प्रकारका पेट्रोलियम इन्धन ९ अर्ब ६९ करोड रुपियाँ बराबरको आयात भएकोमा उक्त वस्तुको आयात चालँ आर्थिक वर्षको सोही अवधिमा करिव ८७ प्रतिशतले बढेर १८ अर्ब १० करोड रुपियाँ बराबर पुगेको छ ।

फलाम तथा स्टीलका वस्तुको आयात गत आर्थिक वर्षको साउन महिनामा ८ अर्ब ६३ करोड रुपियाँ बराबर भएकोमा चालँ आर्थिक वर्षको सोही अवधिमा करिव ६९ प्रतिशतले बढेर १४ अर्ब ६२ करोड रुपियाँ पुगेको छ ।

भन्सार विभागका अनुसार हवाईजहाज तथा त्यसका पाटपुर्जा, पेट्रोलियम पदार्थ र फलाम तथा स्टीलको आयात उच्च हुँदा समग्रमा आयातको वृद्धिदर उच्च रहन गएको हो ।

उक्त वस्तुबाहेकको आयात गत साउन महिनामा करिव ७५ अर्ब रुपियाँ बराबरको भएको छ । जुन तथ्यांक अघिल्लो वर्षको सोही अवधिमा करिब ५७ अर्ब रुपियाँ बराबर थियो । जसको वृद्धिद तुलनामा करिब ३२ प्रतिशत हुन आउँछ ।

यस अवधिमा भएको कुल वैदेशिक व्यापारमा कुल आयातको ५९ प्रतिशत र कुल निर्यातको ५७ दशमलव ६ प्रतिशत छिमेकी मुलुक भारतसँग मात्र भएको छ । कुल आयातमा ५९ प्रतिशत भारतबाट, १२ दशमलव ४ प्रतिशत तीनबाट, १० दशमलव ६ प्रतिशत फ्रान्सबाट, १ दशमलव ८ प्रतिशत संयुक्त अरब इमिरेट्स र बाँकी १६ दशमलव २ प्रतिशत अन्य मुलुकबाट भएको छ ।

कुल निर्यातमा ५७ दशलमव ६ प्रतिशत भारतमा, १३ दशलमव २ प्रतिशत संयुक्त राज्य अमेरिकामा, ४ दशमलव ३ प्रतिशत बेलायतमा, ४ प्रतिशत जर्मनीमा बाँकी २१ प्रतिशत अन्य मुलुकमा निर्यात भएको छ ।

प्रतिक्रिया दिनुहोस्