बालकद्वारा समलिंगी पिडाको कारण आत्महत्या



वासिंगटन,(एजेन्सी)
अमेरिकाको एक महिलाले आफ्नो नौ वर्षिय छोराले समलिंगी भयको पिडाको कारण आत्महत्या गरेको र आफुले उनका आाखामा सो पिडा देखेको दावी गरेकी छिन् ।

कोलराडोको डेनेभर निवासी लेइया रोचेलले पियर्सले आफ्नो छोरा जामेल माइलेजले आफु बिद्यालय फर्कँदा सबैलाई गौरवका साथ आफु समलिंगी भएको बताएको जानकारी दिएकी छिन् ।

तर उनले डेनेभर पब्लिक स्कुलका जामेलका ेकहि साथीहरुले उनलाई आत्महत्या गर्न उक्साएके बताएकी छिन् । जामेलको सो बिद्यालयमा समस्या समाधान गर्ने परामर्शदाताहरु पनि उपलब्ध रहेको बुझिएको छ ।
पियर्सले बताएकीछिन् , ‘ मेरो छोराको मृत्युमा म पनि जिम्मेवार छुँ । मैले उनका आँखामा देखिएको पिडा बुझेर समयमै समाधानका कदम चलाउनु पथ्र्यो । मलाई अहिले आफुलाई सम्हाल्नै कठिन भइरहेको छ । ’ पियर्सलाई जामेलले केहि समय अघि मात्र आफु समलिंगी भएके खुलाउँदै यसै कारणले स्कुल नछोड्ने तथा आफ्नाबारे सबैलाई गौरवका साथ बताउन सकने बताएका थिए ।

पियर्सले बताएकीछिन् , ‘ स्कुल फर्केपछि जामेल सामानय देखिएका थिए । उनी अरुबेला जस्तै ल्यापटप चलाउँथे र टेलिभिजन हेर्ने गर्दथे । तर परिक्षाको चारदिन अघि मात्र मैले उनलाई मृत अवस्थामा भेटाएँ । ’

जामेलकी दिदीले उनलाई आफुलाई समलिंगी भएकैकारण स्कुलमा जिस्काउने गरेको बताएको जानकारी दिएकी छिन् । स्कूलले पियर्सलाई फोन गरी भविष्यमा यस्तो अप्रिय घटना हुन नदिन बिद्यार्थीहरु माथि दिइने मानसिक यातना रोक्ने बचन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्