जेठी नायिकाका कान्छा हिरो



रश्मी थापा,
जब फिल्म सोनुके टिटुकी स्वीटी सय करोड क्लबमा प्रवेश गर्यो, बलिउड नायक कार्तिक आर्यनको भाग्य पनि बल्न थाल्यो। शुरूमा नायिका करिना कपुरसँग र्याम्प वाक गरेका उनी अब छिट्टै नायिका ऐश्वर्या रायका साथ फिल्म खेल्न गइरहेका छन्। उनीहरूको उमेर भिन्नता १६ वर्ष रहेको छ। उमेरमा जेठी अभिनेतृसँग काम गर्ने कार्तिक मात्र त्यस्ता नायक होइनन्, बलिउडमा त्यस्ता केही जोडी छन्, जो आफूभन्दा जेठोसँग काम गरेर रमाइरहेका छन्।

कट्रिना कैफ र वण धवन

यस लिस्टमा कान्छा अभिनेतासँग काम गर्ने अभिनेतृमा करिना कपुर पनि पर्छिन्। उनी छिट्टै रेमो डिसुजाको डान्समा आधारित फिल्ममा कट्रिना र वरुण धवनसँग देखिनेछिन्। उनीहरूको उमेर ४ वर्षको अन्तर छ।

ज्याकलिन फर्नान्डिज र टाइगर श्राफ
एक्सन सिनका लागि चर्चित अभिनेता टाइगर श्राफले पनि आफूभन्दा ५ वर्ष जेठी अभिनेतृसँग रोमान्स गरिसकेका छन्। फिल्म अ फ्लाइङ जेटमा टाइगरको अपोजिटमा अभिनेतृ ज्याकलिन फर्नान्डिजसँग रोमान्स गरेका छन्।

ऐश्वर्या राय बच्चन र शाहिद कपुर
बलिउड अभिनेता मनोज कुमार र अभिनेतृ साधनाको सन् १९६४ मा हिट फिल्म वो कौन थीको रिमेकमा अभिनेता शाहिद कपुर र ऐश्वर्या राय बच्चन मुख्य भूमिकामा देखिने भएका छन्। शाहिद ऐश्वर्याभन्दा ७ वर्ष कान्छा छन्। भनिन्छ कि कुनै समय शाहिद ऐश्वर्याको फिल्म तालको एक गीतमा साइड डान्सर थिए। तर अब उनी ऐश्वर्याका साथ लिड रोलमा देखिन लागेका छन्।

नगरिस र रणवीर कपुर
अभिनेतृ नगरिस फाखरीले आफूभन्दा ३ वर्ष कान्छा अभिनेता रणवीर कपुरका साथ रोमान्स गरेकी थिइन्।

फिल्म रकस्टारमा ३८ वर्षीया नगरिस र ३५ वर्षीया रणवीर कपुर जोडी बनेका थिए।

करिना कपुर र अर्जुन कपुर
निर्देशक आर बाल्कीको फिल्म की एन्ड कामा अभिनेतृ करिना कपुरले नायक अर्जुन कपुरसँग रोमान्स गरेकी थिइन्। दुवैको उमेर अन्तर ५ वर्षको छ। फिल्ममा अमिताभ बच्चन तथा जया बच्चन पनि केमियो रोलमा थिए।

 

प्रतिक्रिया दिनुहोस्