नेपाल समाचारपत्र, काठमाडौं ।
मुश्लिम धर्मावलम्बीहरुको महान चार्ड बकर इद आज देशभर मनाइँदै छ ।
३ दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।
बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुश्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । इदको दिनमा मुस्लीम धर्म मनाउने मानिसहरु मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गर्दछन्।
यसैको अवसरमा काठमाडौंको घन्टाघरस्थित जामे मस्जिदमा पनि बिहानैदेखि भीड लागेको छ ।नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन पनि रहेको छ ।
तस्विरमा हेर्नुहोस इदको रौनक
तस्विर: अनिल आङदेम्बे, काठमाडौं