सुजुकीको नयाँ सर्भिस सेन्टर वीरगन्जमा



काठमाडौं, (नेस)
सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ विभाग सीजी मोटोकर्पले वीरगन्जमा सर्भिस सेन्टर स्थापना भएको छ ।

सुजुकीको बिक्रीपछिको सेल्स, सर्भिस तथा पार्ट्स वितरणको लागि रौनक अटो केयरलाई आधिकारिक सर्भिस सेन्टर नियुक्त गरिएको छ । यस सर्भिस सेन्टरमा दैनिक न्यूनतम १५ वटा कार ह्याण्डल गर्ने क्षमता रहेको छ ।

यस सर्भिस सेन्टरमा सुजुकीको मापदण्डअनुसार सुजुकी एडभान्स्ड डाएग्नोस्टिक सिस्टमसहित सम्पूर्ण उच्चस्तरीय उपकरणहरु उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी निर्देशक करण चौधरीका अनुसार बिक्रीपछिको सेवाले ग्राहकको सन्तुष्टिमा ठूलो भूमिका खेलेको हुन्छ, वीरगन्जस्थित सो सर्भिस सेन्टर ग्राहकलाई गुणस्तरीय तथा तीव्र सेवा प्रदान गर्ने प्रतिबद्धताको एक उदाहरण हो ।

प्रतिक्रिया दिनुहोस्