रुपेन्द्र सिंह टोस्ट मास्टर विजेता



काठमाडौं, (नेस)
भारतको दिल्लीका रुपेन्द्र सिंहले ७२० कन्टेस्टेन्टलाई पछि पार्दै डिष्ट्रिक लेबल टोस्ट मास्टर कम्पिटिसन जितेका छन् । यो जीतसँगै उनी विश्व पब्लिक स्पिकिङ् च्याम्प्यिनसिपको सेमिफाइनल राउन्डमा प्रवेश गरेका छन् । जसको सेमिफाइनल राउन्ड अगस्ट २५ मा अमेरिकाको सिकागोमा हुन गइरहेको छ ।
टर्निङ प्वाइन्ट टोस्टमास्टर क्लब दिल्लीका रुपेन्द्रले टफ कम्पिटिसनमा विजयी हुनको लागि जर्जहरुको अगाडि म किन ? भन्ने विषयमा स्पिच दिएका थिए, जसमा उनले आत्मावास्तविकरण, प्यासन तथा आत्माविश्वास प्रदर्शन गरेका थिए । जब दर्शकहरुसँगको सम्बन्धका बारेमा भन्नुपर्दा उनले भने मुख्य सफलताको साँचो भनेको कथावस्तुलाई विषयसँग सम्बन्धित तथा सम्मोहित पार्ने किसिमको हुनुपर्छ ।

रुपेन्द्रले विश्वका १०५ डिस्ट्रीक लेबलका विजेताहरुसँग प्रतिस्पर्धा गर्नेछन्, जुन स्थानमा आईपुग्न उनले ६ महिनाको प्रोसेस पार गरेर क्लब, एरिया, डिभिजन र डिष्ट्रिक लेबलको कम्पिटिसनमा जितेर आएका हुन् ।

यस प्रतियोगितामा ५ देखि ७ मिनेटको टाइमको स्पिचमा आफ्नो क्षमता प्रस्तुत गर्नँ पर्ने छ ।

टोस्टमास्टर एक अन्तर्राष्ट्रिय स्पिच कन्टेस्ट सन् १९३८ मा सुरु भएको थियो, जसमा विश्वका ३० हजारभन्दा बढी सदस्य विश्वका १४१ देशबाट भाग लिइरहेका छन् । यो प्रतियोगिताको फाइनल विश्वको प्रख्यात पब्लिक स्पिकिङ च्याम्पियसिपसँगै समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्