सिखको हत्या



न्युयोर्क, (एजेन्सी)
न्युजर्सीमा एक सिखलाई उनकै पसलमा चक्कु प्रहार गरी हत्या गरिएको छ। विगत तीन हप्तामा अल्पसंख्यक सिख समुदायका सदस्यहरूलाई निसाना बनाएको यो तेस्रो घटना हो। तरलोक सिंह बिहीबार उनकै पसलमा मृत फेला परेका थिए। उनको छातीमा चक्कु प्रहारको चोट थियो। एबीसी७ एबाईल एसेक्स काउन्टीका अभियोजक कार्यालयले यसलाई हत्याको मामिला भएको उल्लेख गरेको छ। यद्यपि हत्याको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन। उनकी पत्नी र एक बच्चा भारतमा रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्